Logo

कलाकार तथा सफल व्यावसायी गोकुल रोक्काद्वारा विद्याललाई सहयोग


कलाखबर संवाददाता,९,पौष–काठमाण्डौं । कलाकार तथा सफल व्यावसायी गोकुल रोक्काले विद्यालयलाई सोफासेट सहयोग गरेका छन । व्यावसायी तथा समाजसेवी समेत रहेका रोक्काले हरेक वर्ष आफ्नो जन्मत्सवको अवरमा विभिन्न सघं संस्थालाई कुनै न कुनै सहयोग गर्दै आएको छ । यस पाली भने आफनो जन्म दिनको अवसर पारेर काठमाडौको सुन्दरीजल नयाँपाटी स्थित रामजानकी निम्न माध्यमिक विद्यालयलाई सोफासेट सहयोग गरेका छन ।

रोक्काले विद्यालयलाई २५ हजार मूल्य बराबरको सोफासेट विद्यालयलाई हस्तान्तर गरेका हुन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका रोक्का व्यवसायी मात्र नभएर कुसल कलाकार पनि हुन । व्यवसाय राजनीति तथा कलाकारितासँगै एकैसाथ अगाडि बडेका उनी रोक्का सेवा समाजका अध्यक्ष समेत रहेर सामाजिक काममा क्रियाशिल रहदै आएका छन ।

गत बर्ष रोक्काले काठमाडौको गोकर्णस्थित संयुक्त अपाङ एकता आवास केन्द्रका बालबालिकाहरुको लागि सुत्नको लागि फलामका खाट तथा खाना खाने डाएनिङ टेवल सहयोग गरेका थिए । यस बर्ष रोक्काले रामजानकी माध्यमिक विद्यालयलाई सोफा सेट हस्तान्तरण गरेका हुन । राम जनकी स्कूलको भवन निर्माण गर्ने बेलामा पनि रोक्काले उक्त स्कूलको भवन निर्माण गर्न २ महिना श्रमदान गरेका थिए ।

हाल उक्त विद्यालयको अवस्था सुधार आएको छ । भने अझ सुधार यही माघ २२ गतेदेखि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुदैछ । उक्त सप्ताहमा नवराज भट्टराईले कथा वाचन तथा प्रवचन सुनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्