Logo

डिपास  इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता गराउदै


 

कलाखबर संवाददाता,१०,पौष–काठमाण्डौं । डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता योगिता आयोजना गर्ने भएको छ । समुदाय भित्रको प्रतिभाहरुलाई प्रतिस्प्रधा गरि बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागीएको डिपास इन्टरनेशनलका कार्यकारी प्रमुख छेलामु शेर्पाले बताईन् । गत वर्षदेखि डिपास  इन्टरनेशलले यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोता भने नेपालकै पहिलो प्रतियोता हो ।

डिपास इन्रटरनेशनलले  मिस तथा मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता आयोजना गरी समुदायमा रहेका युवायुवतीहरुलाई विभिन्न क्षेत्रमा सहभागी गराउने, दक्षता, क्षमता, सीप र सुन्दरतालाई पहिचान बनाइ अवसरहरु प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको समेत छेलामु शेर्पाले जानकारी दिइन् ।

सहभागीहरुको खुबी र प्रतिभालाई निश्पक्ष दङगबाट प्रस्फुटन गर्ने गराउने उद्देश्यका साथ आज बौद्ध गार्डेन,तीनचुली, काठमाडौँमा मिस तथा मिस्टर शेर्पा २०१८ ट्यालेन्ट शो हुन गैरहेको समेत शेर्पाले जानकारी दिइन् । अन्तिम फाइनल प्रतियोगीता भने पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्