Logo

बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु



कलाखबर संवाददाता,१३,पौष,काठमाडौँ – बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । घाइते विसङ्खेको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्