Logo

टुंडीखेलमा तमु ल्होसारको रौनक्ता, कलाकारहरु बीच घम्साघम्सी यस्तो देखियो माहोवल


कलाखबर संवाददाता,१४,पौष–काठमाण्डौं । गुरुङ जातीहरुको महान् चाड तमु ल्होसार सुरु भएको छ । सोही अवसरमा टंडीखेलमा शनिबार गुरुङ जाती र गैर गुरुङहरुको बाग्लो उपस्थिति रहेका थिए । दर्शकहरुको बाग्लो भीडमा विभिन्न रोधीघरका कलाकारहरुबीच घम्साघम्सी चलेका चलेका थिए । कलाकारहरुको प्रस्तुतिसँगै विभिन्न रोचक खेल समेत प्रदर्शन गरिएको थियो ।

हरेक वर्ष देश भरिका गुरुङहरुले सामुहिक रुपमा टुंडीखेलमा ल्होसार मनाउदै आएका छन् । गुरुङ जातीहरुका लागी तमु ल्होसार बिशेष चाड हो । यो चाडमा यी जातिहरु आफ्नो पहिरण र लगाएर नाँच्ने गर्छन् । गुरुङहरुको आफ्नो छुट्टै साँस्किृतिक इतिहास र बाहुल्यता रहेको छ । यी जातिहरुले बिशेष गरि घाटु नाँच, रोधी नाँच,चुर्का नाँच, जस्ता बिशेष नाँचको रुपमा लिने गर्दछन् । पौष चौध र पन्ध्र बेलुका सम्म रात भरि नै विभिन्न साँस्कृतिक कार्यक्रम रहने अयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्