Logo

मिस र मिस्टर शेर्पा अन्तिम प्रतियोगीता सम्पन्न दाबुटी शेर्पा र सोनाम जाम्बु शेर्पा प्रथम उपाधी चुम्न सफल


 

कलाखबर संवाददाता,१७,पौष–काठमाण्डौं । डिपास ईन्टरनेशनलद्वारा आयोजित २०१८ को मिस र मिस्टर शेर्पा अन्तिम प्रतियोगित आईतबार सम्पन्न भएको छ । सो प्रतियोगितामा मिस शेर्पाको तर्फबाट सगरमाथा आरोही दाबुटी शेर्पा र मिस्टर शेर्पाको तर्फबाट सोनाम जाङबु शेर्पाले प्रथम उपाधी चुमेका हुन् । विजेता दुवै जनाले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पाएका थिए । आठ–आठ जना सहभागी प्रतिस्प्रधिहरुलाई पछाडी पार्दै दुवै जनाले बिजेताको उपाधी हात पारेका हुन् । दाबुटीलाई सन् २०१७ की मिस शेर्पा सोनाम डोल्माले ताज पहिर्याएका थिए ।

शेर्पाले गत बर्षको प्रतियोगितामा पनि सहभागीता जनाएका थिए । तर उहाले सफलता हात नपारे पनि हिम्मत भने हारेनन् । असलता नै सफल्ताको प्रतिक हो भन्ने कुरा यसपालीको प्रतियोतामा शेर्पाले पुष्टि गरेरै छाडीन् । सुरुदेखि नै सबै दर्शकहरुको अनुमान उनी प्रति थियो नै । फस्र्ट रर्नस मिस र मिस्टर शेर्पाको उपाधी दावा याङजी शेर्पा र पेम्बा शेर्पाले चुमेका थिए भने, सेकेण्ड रनर्सको उपाधी ङिमा ल्हामु शेर्पा र पासाङ शेर्पाले जितेका थिए ।

जम्मा १२ वटा टाइटल छुटयाएकोमा पहिलो राउन्डदेखि अन्तिम राउन्ड सम्म आई पुग्दा बेस्ट वाल्कमा मिस मिङमा शेर्पा र मिस्टर टेण्डी शेर्पाले पाएका थिए । उत्कृष्ट डे«स अपको शीर्षक फुपु छोकी शेर्पा र पासाङ शेर्पाले हात पारेका थिए भने बेस्ट स्कीन टाईटल मिङमा शेर्पा र पासाङ शेर्पाले पाएका थिए । बेस्ट हेयरका लागी भने मिस फुटी शेर्पा र मिस्टर लामा दावा शेर्पाले पाएका थिए । टयालेन्टेटको छनोटमा मिस दाबुटी शेर्पा र मिस्टर रिन्जी शेर्पा भएका थिए भने फ्रेण्डसीपको छनोटमा मिस सोनी शेर्पा र लाक्पा गेलु शेर्पा परेका हुन् ।

उत्कृष्ट फोटो जेनिक अवार्डको छनोटमा मिस दावा याङजी शेर्पा र रिन्जी शेर्पा परेका थिए भने डिसिप्लेनको शीर्षक छनोटमा केन्डु शेर्पा र फुर्तेन्जि शेर्पाले जितेका थिए । दर्शकको छनोट सुचिमा भने मिस ङिमा ल्हमी शेर्पा र पेम्बा शेर्पा परेका थिए । प्रतियोगितामा फस्ट र सेकेन्ड रनर्सअप बनेकाहरुले क्रमश रु २० हजार २२२ र १० हजार १११ बराबरको नगद राशी पाएका थिए । केही विगत वर्षदेखि डिपास इन्टरनेशनलले गर्दै आएको यो प्रतियोगिता यस वर्ष झनै राम्रो भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्