Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन


कलाखबर संवाददाता, २०,पौष—इलाम । लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाको तर्फबाट अभिनन्दित गरिएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएर पनि राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो । सो कार्यक्रममा बोल्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरण लगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । “सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ उहाँले भन्नुभयो । उहाँले शिक्षा, मानव विकास सूचकाङ्क, आर्थिक उत्पादकजस्ता विषयमा इलाम अग्रणी जिल्ला भएकाले पनि यहाँ अनेकौँ लगानीयोग्य क्षेत्र रहेकोउल्लेख गर्नुभयो ।

इलाम मुलुककै अग्रणीमध्येको पनि सुन्दर जिल्ला भएकोले यहाँ लगानी गरे घाटा हँुदैन । इलाम सचेत जिल्ला भएकाले सबै क्षेत्रमा लगानी गर्दा उल्लेखनीय प्रगति हुने भन्दै प्रधानमनत्री ओलीले यहाँ सञ्चार, उत्पादनको साधनलगायतका थुप्रै लगानीयोग्य क्षेत्र रहेका छन् भन्नुभयो । अन्तर्राष्ट्रियस्तरमा समेत इलाम लगानीयोग्य क्षेत्र भनेर चिनिसकेकाले इलामको आर्थिक विकास हुनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले प्रदेश नं १ देशकै नमूना प्रदेश भएकाले यहाँका सबै विषयवस्तुले आकर्षण गर्ने उल्लेख गर्नुभयो । यो प्रदेशमा देशकै होचो क्षेत्रदेखि सगरमाथासम्मका क्षेत्र छन् ।

कञ्चनजङ्गा पर्वत शृङ्खलादेखि विश्वकै अग्लो क्षेत्र अन्य हिमालसमेत भएको क्षेत्र भएकाले सबै वस्तुको आकर्षक प्रदेश हो ।” प्रधानमन्त्रीले भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्