Logo

गीत संगीतमा अब्बल रुची राख्ने सन्तोष पोख्रेल अब निर्देशन तर्फ लम्किदै


 

कलाखबर संबाददाता,२६,पौष–काठमाण्डौं । गीत संगीत तथा मोडलीङ क्षेत्रबाट कलाकारित क्षेत्रमा प्रबेश गरेका सन्तोष पोख्रेल यतिखेर निदेर्शनमा व्यस्त हुने भएको छ । बर्दिया जिल्लामा जन्मेका पोख्रेल सानैदेखि गीत संगीत भने पछि हुरुक्कै हुन्थे । वाल्यकालमा शान्त स्वभाव तथा औधी प्रकृति प्र्रेमी भएको उहाले बताउनु भयो । विद्यलय तथा वरिपरि नजिक कुनै साँस्कृतिक कार्यक्रम हुने वित्तिकै हुरुक्कै भएर डौडने गरेको उहाँ सुनाउनु हुन्छ ।

अरु कलाकारहरुको रोचक र आफुले मन परेको गीत सधै गुन्गुनाउने गर्दथे । सानैमा आफुमा पनि यसरी कलाकार बन्ने सपना बोकेका पोख्रेल करिब पाँच वर्ष अघिदेखि कलाकारिता क्षेत्रमा प्रबेश गरेका थिए । मोडलीङ क्षेत्रबाट गीत संगीतमा छिरेका मोडल पोख्रेलले करिब अहिले सम्म आईपुग्दा दर्जनौ गीत समेत गाइसकेका छन् । बिशेष गरि आधुनिक ,पप र लोकगीत जस्ता बढी आफुलाई मन पर्ने गरेको उहाँ बताउनु हुन्छ ।

 

हुने बिरुवाको चिल्लो पात भने जस्तै कलाकारिता क्षेत्र केही गर्छु भन्ने सुनौलो सपना बोकेको गायक पोख्रेल अहिले यस क्षेत्र सफल बन्दै गएको छ । गीत संगीत तथा मोडलीङलाई पनि अगाल्दै अगाडी बढेका पोख्रेल अहिले निर्देशनमा समेत भ्याइँनभ्याई हुने भएका छन् । धेरै नेपाली म्यूजिक भिडियोमा अभिनय गरी सकेका पोख्रेल अब भने हिन्दी गीतमा पनि निर्देशन गर्ने तयारीमा छन् । पछिल्लो समय निकै चर्चामा आएको नदिम देशीको आवाजमा रहेको हुय बिचेन पेहेलीबार गीतमा कभर भिडियो निर्माण गर्न लागेको उहाले कलाखबरलाई बताउनु भयो ।

यो गीत आफुले निकै मन पराएको र यसले नेपाली म्यूजिकलाई पनि केही ह्राहत मिल्ने भएकोले यो गीतमा पनि आफ्नो खुबी देखाउन लागेको उहाको भनाई थियो । सम्भब त यहि पौष महिना भरिमा नै यो गीतको कभर भिडियो बजारमा ल्याउने तयारीमा लागी परेको छु उहाले भन्नु भयो । यो गीतको म्यूजिक भिडियोमा मैले निदेर्शन गर्दै छु, भने धैरैवटा गीतमा अभिनय गरिसकेका चर्चित मोडलहरु माया तामाङ र दिनेश कार्कीले अभिनय गर्दै छन् भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्