Logo

खामाखा खार्चुङ समाजद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण


कलाखबर संवाददाता,२६,पौष—काठमाण्डौं । खामाखा खार्चुङ समाजले बिहिबार मिर्गौला पीडित अमल सरि राईलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।  लामो समयदेखि मृगौला पिडित भएकी अमलसरि राईलाई खामाखा खार्चुङले रु २०,५०० नगद दिइएको हो । पीडितअमल राईलाई  सस्थाको उपाध्यक्ष जीवन जित राई  र सिमा राईले नगद हस्तान्तरण गर्नु भयो । जुन रकम उठाउनका लागी खामाखा खार्चुङ समाजका सदस्य सीमा राईले महत्वर्पूण भूमिका निभाएका थिए । राई आफैले पनि रु २००० सहयोग गरेका थिए ।

उहाको पहलमा हाल क्यानाडामा रहनु हुने राजकुमार राईबाट रु १५,०००, खामाखा खार्चुङ समाजका अध्यक्ष अनु राईको पहलबाट रु ३००० र महा—सचिब लालसरा राईबाट रु ५०० गरि जम्मा रु २०,५०० खामाखा खार्चुङ समाजले बिहिबार पत्रकार सम्मेलन गरि हस्तान्तरण गरेको हो । खामाखा खार्चुङ समाज र अन्तर्राष्ट्रिय मानवअधिकार तथा अपराध नियन्त्रण संगठन (सफेद चरण) र सायाबुङ चलचित्रको सहकार्यमा केही दिन अघि टिकामाया मगर र अमलसरि राईको उपचारका लागी रु ४६,७००सफेद चरणका हेल्थ कोडिनेटर पदम पावल लिम्बुलाई गाउमा हस्तान्रण गरिएको खामाखा खार्चुङ समाजका उपाध्यक्ष जीवन जित राईले कलाखबरलाई बताउनु भयो ।

लामो समयदेखि सफेद चरणले मृगौला पीडितहरुका लागी महत्वपूर्ण योग्दान दिदै आएको छ । यो संस्थासँगै हातेमालो गर्दै किराँत संस्कृतिमा आधारित चलचित्र साया बुङले पनि आफ्नो च्याँरिटी शोबाट उठेको रकम समाजसेवा र बिरामीहरुकै लागी खर्च गर्दै आएको छ । सफेद चरणका हेल्थकोडिनेटर पदम लिम्बु पावलले हरेक बिरामीहरुको सेवा र उपचारकाली आफ्नो सिङ्गो जिवन नै समर्पित गर्दै आइरहेको छ । अब यस्तै बिरामीहरुको उपचारकै लागी आगामी नयाँ बर्षमा हलेसी खोटाङमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागीएको समेत उपाध्यक्ष जीवन जित राईले जानकारी दिए ।

सहयोगी मनहरुले रकम उठाएर आफ्नो संस्थाको नामबाट पीडितलाई वितरण गर्न दिएकोमा सहयोगी मनहरु प्रति उहाले धन्यबाद समेत ब्यक्त गर्नुभयो ।  उक्त कार्यक्रम मा दुबै मिर्गौला पीडित अमल राई ले सहयोगी दाता सम्पूर्ण खोटाङ हलेसी निबासी आपा आमा दाजै नाना हरुलाई हृदय बाटै धन्यवाद दिन चाहान्छु । आज म तपाइहरुकै कारनले बाचेको छु मलाई सधै यसरी नै माया गर्नु भन्नू भयो । उक्त रकम हस्तान्तरण कार्यक्रममा सस्थाको उपाध्यक्ष जीवन जित राई ले हामिले थोपा थोपा सङकलन गरेर गाउँ गाउँ गरेर यो रकम उठाएका छौ ।

गाउमा हस्तान्तरण गरिएको रकममा हामिले प्राबिधिक खर्च कटाइएका  छैनौ भन्नू भयो ।  यहाँ सिमा राइको पहल मा राजकुमार राई र सस्थाको अन्य पदाधिकारीहरुबाट केही रकम सङ्कलन गरि बिरामी स्वयम् अम्मल राईलाई दिएका छौ, हाम्रो यो सानो सहयोग ले उहाको जिन्दगीमा केहि राहत हुन्छ भन्ने अनुमान गरेका छौ ।  हाम्रो यो कार्य जारी रहनेछ साथै यो माहान कार्यमा सहभागी हुनुहुने, आफ्नो गाँस कटाएर सहयोग गर्नुहुने तपाइहरु सबैमा म हृदय बाटै धन्यवाद दिन चाहान्छु उपाध्यक्ष  राईले भन्नू भयो ।

प्रतिक्रिया दिनुहोस्