Logo

गायक एल्बी पुन मगरको भाले नभन हाँस्य कमेडी गीत बिमोचन सहित सार्बजनिक


कलाखबर संवाददाता,१,पोष काठमाण्डौं । कुशल गायक एल्बी पुन मगरको भाले नभन बोलको गीत शनिबार दाजुभाई क्याटरिङ पाटी प्यालेसमा विमोचन भएको छ । हाँस्यकलाकार सुमन मगरको सभापतित्व तथा चर्चित दोहोरी गायक किरण बाबु पुनको प्रमुख आतिथ्यमा भिडियो सहित यो गीतको बिमोचन गरिएको हो ।

कार्यक्रममा निर्देशक तथा सर्जक तिलक रोक्का मगर, निर्दशक पेम्बा लामा, ,गायक नन्द घर्ती मगर, हाँस्य कलाकार खवबु चन्चल मगर आदी अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले गायक एल्बी पुनलाई बधाई तथा शुभकामना दिएका थिए ।

चर्चित कलाकारहरुको रोचक अभिनय रहेको गीतमा हाँस्य कमेडी र मौलिक कलासँस्कृतिको सम्मिश्रण मिसाइएको छ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा कलम चलाउदै दर्जनौ भन्दा बढी गीतमा आवाज भरिसकेका पुनले अहिले निकै रोचक गीतको भिडियो सहित बजारमा ल्याएको हो ।

यो गीतमा गायिका अमृता लुंगेली मगर र गायक एल।बी पुन मगरको संयुक्त स्वर लहरी रहेका छन् । कार्यक्रमलाई सञ्चारकर्मी अञ्जु तामाङले रोचक ढङ्गबाट सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्