Logo

राजधानीको गोंगबु एउटा ग्यास पसलमा सिलन्डर विस्फोट, पाँच जना गम्भीर घाइते


कलाखबर संवाददाता,२,माघ—काठमाडौं । गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट भएको छ । सो घटनाको प्रारम्भिक जानकारी अनुसार पाँच जना गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । बुधबार दिउसो दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो ।

विस्फोटनमा परी पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको निरीक्षक केसीले जानकारी दिए ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ । विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्