Logo

वृहत साँस्कृतिक कार्यक्रम सहित, संयुक्तरुपमा शेर्पा ल्होसारको आयोजना, तयारी तीव्र रुपमा हुदै


कलाखबर संवाददाता, १५, माघ— काठमाडौ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०ले शेर्पाहरुको महान चाड ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ । केहि बर्षदेखि संयुक्त रुपमा मनाउदै आएको ल्होसार यस वर्ष पनि टानले वृहत साँस्कृतिक कार्यक्रम सहित भव्य र सभ्य रुपमा मनाउन लागेको हो ।

विगत दुई दशकदेखि आफ्नो क्यालेण्डरमै राखेर वार्षिक कार्यक्रमको रुपमा हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीहरुले बिशेष गरि नव वर्षको रुपमा मनाउदै आएका ल्होसारलाई टानले संयुक्त लोसारको रुपमा मनाउंदै आएको छ ।

शेर्पा जातीको इतिहास,महत्व र कला सँस्कृतिको पृथकता दिदैं नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल – २०२० अभियानलाई प्रवद्र्धन गर्नुका साथै यस चाडलाई एउटा भिन्न पर्यटन उपजका रुपमा विकास गर्ने उद्देश्यका साथ यो बर्ष पनि मनाउन लागिएको टानका महासचिव आङ पेम्बा शेर्पाले बताउनुभयो ।

कार्यक्रमका मुख्य आकर्षणहरु, शेर्पा, गुरुङ, तामाङ, ह्याल्मो लगायत हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका ख्याति प्राप्त कलाकारहरुबाट संस्कृतिक प्रस्तुती, हाँस्य कलाकारहरुको प्रहशन,नृत्य , सांगीतिक प्रस्तुति, डिजे सेशन जस्ता रहने भएको छ ।

कार्यक्रममा उच्च स्तरका सरकारी निकायका प्रतिनिधिहरु, राजनीतिक व्यक्तित्व, विभिन्न पर्यटन संघ संस्थाहरु, टानका सदस्य कम्पनी, पर्यटन उद्यमी र पत्रकारहरूको समेत बाग्लो उपस्थिति रहने डिपास इन्टरनेशनलका कार्यकारी प्रमुख छेल्हामु शेर्पा, पासाङले कलाखबरलाई जानकारी दिइन् ।

टानको यो ल्होसार कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउका लागी तीव्र रुपमा तयारी गरि रहेको संयोजक ऋतु ग्याम्दानले बताउनुभयो । उहाँकाअनुसार टानको संयुक्त ल्होसार कार्यक्रममा सहभागी हुनका लागी प्रति व्यक्ति रु।१६६९ को कुपन खरिद गर्नुपर्ने छ ।

जुन कुपनको व्यावस्था टान सचिवालय मालिगाउँ तथा ठमेलस्थित सातघुम्ती टिम्स काउन्टरमा उपलब्ध रहेको छ । साथै कार्यक्रम सकिए पछि आकर्षक डिनरको समेत व्यावस्था गरिएको संयोजक ग्याम्दानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्