Logo

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले ल्होसार गुथुक साँझ गर्ने,साथमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम तथा प्रतियोगीता पनि हुदै


कलाखबर संवाददाता,१८,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको अवसरमा ल्होसार गुथुक साँझ कार्यक्रम गर्ने भएको छ । नयाँ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको रुपमा मनाउने गरी आउँदो माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपार्टीस्थित ह्यात चौरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यो कार्यक्रमसँगै साथमा विभिन्न मौलिक कला साँस्कृतिलाई झल्काउने साँस्कृतिक कार्यक्रम तथा अन्य रोचक मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ । शुभकामना आदनप्रदानसँगै शेर्पा समुदायको मौलिक कला, संस्कृति र भाषाको उत्थान गरि २१४६ औं ग्याल्पो लोसार मनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताउनुभयो ।

कार्यक्रममा बृहत शेर्पा स्याब्रु नृत्य प्रतियोगिता र स्वर्गीय साम्दे शेर्पा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उक्त प्रतियोगिताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । माघ २० गते ल्होसार गुथुक साँझ, २१ गते बृहत स्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, २२ गते स्व। साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तयार गरिएको छ ।

सो अवसरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिसमेत रहनेछ । स्याबु्र प्रतियोगिताको दर्ता शुल्क स् रु। ५,००० –र रहेको छ भने प्रथम पुरस्कार राशी रू। ५०,०००–र ट्रफी र प्रमाणपत्र,दितीय पुरस्कार स् रू। ३०,००० –र ट्रफी र प्रमाणपत्र,तृतीय पुरस्कार स् रू। २०,००० –र ट्रफी र प्रमाणपत्र तथा पब्लीक चोईस अवर्डः रू १०,००० – रहेको आयोजकले जानकारी दिनु भयो ।

कार्यक्रमको अर्को चरणमा वक्तृत्वकला हुने भएको छ । सहभागीहरुका लागी वक्तृत्वकलाको शिर्षाक स् नेपालको राजनीतिक क्षेत्रमा शेर्पा समुदायको नेतृत्व किन स्थापना हुन सकेन् रु रहेको छ । प्रतियोगितामा सहभागीहरुका लागी रु १,००० – दर्ता शुल्क तोकिएको छ । वक्तृत्व कला प्रतियोगितामा विजेताहरुले निम्न पुरस्कार हात पार्ने भएको छ । प्रथम पुरस्कार स् रू। २०,०००–र ट्रफी र प्रमाणपत्र,दितीय पुरस्कार स्रू। १५,००० –र ट्रफी र प्रमाणपत्र,तृतीय पुरस्कार स् रू। १०,००० –रट्रफी र प्रमाणपत्र,सान्त्वना पुरस्कार स् रू ५,०००र– रहेको छ ।

प्रतिक्रिया दिनुहोस्