Logo

नेचर प्रकृति बोर्डदिङ स्कुलद्वारा म्याँराथुन प्रतियोगिता सम्पन्न, राजकुमार थापा र अञ्जना प्रथम हुन सफल


कलाखबर संवाददाता, २०,माघ–काठमाण्डौं । राजधानी सामाखुशीस्थित शनिबार नेचर प्रकृति बोर्डदिङ स्कुलले आफ्ना विद्यार्थीहरु बीच म्याँराथुन प्रतियोगिता आयोजना गरेको छ । छात्रतर्फ राजकुमार थापा प्रथम भएका छन् भने छात्रातर्फ अञ्जनाले प्रथम स्थान हात पारेका छन् । अन्य क्रमश, द्वितिय हुनेमा अनुराग तामाङ र सदिक्षा के.सी. रहेका छन् भने महेश चौलागाइ र सन्ध्या सिंह तृतीय स्थान ल्याउन सफल भएका छन् ।

प्रदिप रिमाल र अञ्जली आले सान्तवना भएका छन् । शनिबार म्याराथुन प्रतियोगिता सम्पन्न भए पनि बिजेताहरुलाई पुरस्कार भने आगामी स्वरस्वती पूजाको दिन माघ २७ गते मात्र प्रदान गरिने प्रिन्सिपल तुलसी पौडेलले बताउनु भयो । मानव स्वास्थ्यका लागी शारिरिक अभ्यास अनिवार्य हुने भएकोले विद्यार्थीहरुलाई केही सन्देश दिनका लागी म्याराथुनको आयोजना गरिएको उहाको भनाई थियो ।

सहभागी विद्यार्थी तथा मिडियालाई पनि धन्यबाद दिन चाहेको बताउनु भयो । प्रतियोगितामा ५५ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । आफ्ना स्थापनाकालदेखि नै कुसल शिक्षा नीति र प्रशासनत्व अपनाउदै आाएको यो विद्यालयले माघ २६ गते शनिबार भब्यरुपमा अभिभावक दिवस पनि मनाउने तयारी गरिरहेको छ । जसको लागी सबै अभिभावकहरुलाई यसै समाचारको माध्यमबाटै निमन्त्रणा गर्न चाहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्