Logo

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा ल्होसार गुथुक साँझ आयोजना, गृहमन्त्री राम बहादुर थापाले उद्घाटन गरे


कलाखबर संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले राजधानी चुच्चेपाटीमा ग्याल्बो ल्होसार कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमलाई गृहमन्त्री रामबहादुर थापा बादलले उदघाटन गरेका थिए । शेर्पा समुदायको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा गुथुक साँझ सांगीतिक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा विशिष्ट व्यतिmत्व तथा शेर्पा समुदायका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा गृह मन्त्री राम बहादुर थापा बादलले कार्यक्रममा बोल्दै शेर्पाहरुको छुट्टै इतिहास र महत्व रहेको बताउनु भयो । यस शेर्पा जातिहरुको कला सँस्कृति बचाउनका लागी सबै एक जुट भएर अगाडी बढ्नु पर्ने मन्त्री थापाको भनाई थियो ।

यसका लागी शेर्पा समुदायले उठाउँदै मागलाई पनि अबको सरकारले पुरा गर्ने बताउनु भयो । नयाँ वर्ष ,स,मो फाग् लो २१४६ औं ग्याल्बो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको अवसरमा माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपार्टीस्थित ह्यात चौरमा कार्यक्रम सम्पन्न गरिने भएको छ । यो कार्यक्रमसँगै साथमा विभिन्न मौलिक कला सँस्कृतिलाई झल्काउने साँस्कृतिक कार्यक्रम तथा अन्य रोचक मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने भएको छ । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको रोचक प्रस्तुतिहरु समेत रहने भमएको छ । शुभकामना आदनप्रदानसँगै शेर्पा समुदायको मौलिक कला, संस्कृति र भाषाको उत्थान गरि २१४६ औं ग्याल्पो लोसार मनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको सांसद जीप छिरिङ शेर्पाले बताउनु भयो ।

कार्यक्रममा बृहत शेर्पा स्याब्रु नृत्य प्रतियोगिता र स्वर्गीय साम्दे शेर्पा वक्तृत्वकला प्रतियोगिता समेत हुने भएको छ । उक्त प्रतियोगिताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । माघ २१ गते बृहत स्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, र २२ गते स्व साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तयार गरिएको आयोजकले जनाएको छ । स्याबु्र प्रतियोगिताको दर्ता शुल्क स् रु ५,००० –र रहेको छ भने प्रथम पुरस्कार राशी रू ५०,०००, ट्रफी तथा प्रमाणपत्र,दितीय पुरस्कार रू ३०,००० , ट्रफी र प्रमाणपत्र,तृतीय पुरस्कार रू २०,००० , ट्रफी र प्रमाणपत्र तथा पब्लीक चोईस अवर्डः रू १०,००० – रहेको आयोजकले जानकारी दिनु भयो ।

कार्यक्रमको अर्को चरणमा रक्तदान तथा वक्तृत्वकला प्रतियोगीता हुने भएको छ । प्रतियोगितामा सहभागीहरुका लागी रु १,००० – दर्ता शुल्क तोकिएको छ । वक्तृत्व कला प्रतियोगितामा विजेताहरुले निम्न पुरस्कार हात पार्ने भएको छ । प्रथम पुरस्कार रू २०,०००– ट्रफी र प्रमाणपत्र,दितीय पुरस्कार रु १५,००० – ट्रफी र प्रमाणपत्र,तृतीय पुरस्कार रू १०,००० ,ट्रफी र प्रमाणपत्र,सान्त्वना पुरस्कार रू ५,००० रहेको छ । पहिलो दिनको कार्यक्रममा जनमानसको उपस्थिति भने फितलो रहेका थिए । राजनीतिक उत्तरचढाबले गर्दा शेर्पा समुदाय पनि फुटेको र प्राय कार्यक्रममा नआएको एक व्यक्तिले बताए ।

प्रतिक्रिया दिनुहोस्