Logo

नेपाली कथानक चलचित्र बैनाबट्टाको शुभ–मुर्हत हुने


कलाखबर संवाददाता,२६,माघ–काठमाण्डौ । राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहेको नेपाली कथानक नयाँ चलचित्र बैनाबट्टाको शुभ–मुर्हत हुने भएको छ । सुम्हातलुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र बैनाबट्टाको शुभ–मुर्हुत सोमबार हेल्लो क्याँफे बागबजारमा हुने भएको छ ।

विभिन्न चलचित्रकर्मी, कलाकर्मी तथा सञ्चारकर्मीहरुको माझमा शुभ–मुर्हत हुन लागेको निर्देशक राज चाम्लिङले बताउनु भयो । छाँयाकार तथा कलाकारहरुको भुमिका र नाम भने शुभ मुर्हत कार्यक्रमकै दिन सार्बजनिक गर्ने निर्देशक राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्