Logo

बैना वट्टा चलचित्रको शुभमुहुर्त सम्पन्न



कलाखवर संवाददाता, २८, माघ —काठमाण्डौँ । राजधानी काठमाण्डौँमा नेपाली कथानक चलचित्र बैनाबट्टाकोे सोमवार शुृभमुहुर्त सम्पन्न भएको छ । प्रमुख अतिथि संघिय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र बैनाबट्टाकोे शुृभमुहुर्त गरेका थिए ।

शुभमुहुर्त पछि नरिवल फृटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरेका थिए । प्रेम लावतीको निर्माण रहेको चलचित्र बैनाबट्टामा राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहने भएको छ । यस चलचित्रमा बिशेष गरि पूर्वीय नेपालका जनजातीहरुको जीवनमा आईपर्ने यथार्थ जिवनकथा,उत्तरचढाब तथा कलासँस्कृतिलाई मुख्य बिषय बस्तु बनाएको निर्देशक राईले बताउनु भयो ।

यस चलचित्रमा मुख्य नायक— नायीकाको भुमिकामा देबेन्द्र नेम्वाङ,कविता राई,बाबु मोक्तान, र रश्मिला तामाङ रहने भएका छन् । यस चलचित्रमा नायक देबेन्द्र नेम्वाङ र नायीका कविता राई तथा नायक बाबु मोक्तान र नायीका रश्मिला राई बीचको युगल जोडी देख्न सकिन्छ । यो दुई जोडीको रोचक अभिनय तथा रोमान्स चलचित्र बैनाबट्टामा रहने भएको छ । अन्य कलाकारहरुमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल,नरेश बानेम, रिया सुब्बा, रोशन सिंह लिम्बु, प्रकाश थेबे,निरा राई लगायतका कलाकारहरुको रोचक अभिनय रहने भएको छ ।

 

सहायक निर्माताको रुपमा एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ आदि रहने भएको छ । चार वटा गीत समिटिएको यस चलचित्रमा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राई आदीको संगीत रहेका छन् । यस गीतमा चर्चित गायक, गायीकाहरु दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु, करुणा राई, दिप्शन लिम्बु आदीको स्वर लहरी रहेने भएको छ ।

पूर्वीय नेपालका बिभिन्न रमणीय स्थानहरुमा फागुन महिनाको पहिलो हप्ताबाट छाँयाङ्कन हुन लागेको यस बैनाबट्टा चलचित्रमा करिब ४० लाख लागत लाग्ने अनुमान गरिएको छ । यस चलचित्रवाट राम्रो आशा लिएको निर्माता प्रेम लावतीले वताउनु भयो । नयाँ कलाकार भएपनि राम्रो र उत्कृष्ट र आकर्षक अभिनय रहेकोले यस चलचित्रले आम दर्शकको विश्वास जित्न सकिन्छ भन्ने आशा लिएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्