Logo

आमा तिम्रो नाममा बोलको गीतमा चर्चित अनुथापाको रोचय अभिनय



कलाखबर संवाददाता,१,फागुन—काठमाडौ । पछिल्लो समय एकपछि अर्को गर्दै मिडियामा निकै चर्चा बटुलीएकी मोडल अनु थापाको फेरि नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । मोडल अनु थापाका गीत एकपछि गर्दै सार्वजनिक हुन थालेका छन । केही दिन अगाडिमात्र अनु थापाले अभिनय गरेको गीत सार्वजनिक भएसंगै सोमबार फेरी अर्को गीत सार्वजनिक भएको छ । मोडल अनुथापालाइै लगातार म्यूजिक भिडियोमा अफर आउन थालेका छन् ।

सोमबार सार्वजनिक भएको लोकदोहोरी गीत ‘एउटा मन्दिर’ को भिडियोमा अनुले दर्शकको मन छुने रोचक अभिनय गरेकी छन । जिज्ञासु पौडेलको शब्द संगीत र स्वर रहेको उक्त गीतको भिडियोमा अनुलाई फिचरिङ गरिएको छ । बाआमा जीवित हुदै विदेशिएको छोरा घर फर्कदा बाआमाको मुख देख्न नपाएको कालपनिक बिषय बस्तु भिडियोमा प्रस्तुत गरिएको छ ।
हरि गिरीको निर्देशन रहेको सो भिडियोलाई शम्भु चालिसेले छायाकन गरेका हुन ।

भिडियोमा अनु थापाको साथमा हरि गिरीको अभिनय रहेको छ । गीतमा बाबु आमाप्रति एउटा असल सन्तानले के सोच्छ भन्ने कुरा यतिबेला जिज्ञासु पौडेलको गीतले सन्देश दिएको छ । आफुलाई जन्म दिने बाआमाको वियोगपछि एउटा असल सन्तानले बाआमा प्रति कस्तो सदभाव कायम राख्नु पर्छ ?भन्ने कुरा प्रस्त पार्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्