Logo

मन बहादुर कुलुङ र पूर्णिमा लामाको “सफल रहोस् जिवन तिम्रो” बजारमा किन ब्यापक चर्चा भए त ? भिडियोमा हेर्नुस्


कलाखबर संबाददाता,२,फागुन—काठमाण्डौं । लोकप्रीय गायक मन बहादुर कुलुङ र चर्चित गायीका पूर्णिमा लामाको “स्वर रहेको सफल रहोस् जीवन तिम्रो” बोलको गीत बजारमा सार्बजनिक भएको छ । दर्जनौ लोक गीतमा स्वर भरिसकेका कुलुङको यो पहिलो चलचित्र गीत हो ।

यो गीतलाई धेरै समयदेखि नै भिविन्न रेडियो एफ.एम. तथा टेलिभिजनले बजाउदै आए पनि युटूब च्यानलमा भने अपलोड गरिएको थिएन । यो गीतको भिडियोमा आपसी युगल जोडीबीचको माया पे्रम प्रसंगलाई समेटिएको छ । समिना कुलुङको शब्द रचना तथा अजयको संगीत रहेको गीतलाई क्षितिज कुलुङले एरेन्ञ गरेका हुन् ।

यो भिडियोमा मनिता राई, राज कुलुङ,करुणा कुलुङ र बिन्दास बिक्की कुलुङले रोचक अभिनय गरेका छन् । रेबिहाङ राजको निर्देशन रहेको यो भिडियोलाई कृष्ण श्रेष्ठले छायाँङ्कन गरेका हुन् । गीतमा यथार्थ जीवनका कथा कहानी समेटिएकोले सबै आम दर्शकले रुचाएका छन् । यो भिडियोलाई आधिकारिक रुपमा कलाखबर टि.भी.ले आफ्नो च्यानलमा अपलोड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्