Logo

प्रेम दिवसको दिन बर्षा संजोगले सुटुक्क लगनगाँठो कसे


कलाखबर संवाददाता,३,फागुन–काठमाण्डौं । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेको दिन सुकुक्क लगनगाँठो कसेका छन् । सोमबार मात्र राजधानीकै एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका यी दुई जोडीले प्रेम दिवसको दिन लगन गाँठो कसेका हुन् ।

उनीहरुले विवाह स्थल गोप्य राखेका छन् । विवाहमा यी दुईको आफन्तजनहरुको मात्र उपस्थिति रहेका थिए । आफन्तजनको सहभागीताका इन्गेजमेन्ट गरेका यी दुबै जोडीले सामाजिक संजालमार्फत तस्बिर सेयर गर्दै सार्बजनिक गर्दै जानकारी गराएका थिए ।

विवाहको मिति फागुन २ गते जुर्दा सुरुमा आफूलाई यो दिन भ्यालेन्टाइन्स डे पनि परेको थाहा नभएको वर्षाले यसअघि बताएकी थिइन् । त्यसकारण करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगको विवाह प्रेम दिवसको दिन हुनु संयोग नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्