Logo

आफ्नो स्थापनाकाल दिवसको मनमोहन कलेजद्वारा रक्तदान कार्यक्रम


 

कलाखबर संवाददता,१६,श्र्रावण–काठमाण्डौं । मनमोहन मेमोरियल कलेजले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो स्थापनाकाल दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा भु.पु विद्यार्थी तथा हाल अध्ययनरत सबै तहका विद्यर्थीहरु समेत सहभागी रहेका थिए ।

मनमोहन कलेजले आफ्नो स्थापनाकालदेखि आजको मितिसम्म आईपुग्दा सफल्तापूर्वक १९ वर्ष पूरा गरि सकेको छ । सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आफ्नो शैक्षिक पोल्टा भित्र अध्ययनरत विद्यार्थीहरु प्रति यस संस्थाका शिक्षकहरुले स्रद्घा भाव एवम् अविष्मरणीय मायाका कोशेलीहरु भाडने गर्छन् ।

यसैको परिवेशमा आज विहानै यस कलेजमा अध्ययनरत विद्यर्थी तथा शिक्षक बीच लद्घु भाँडेर आपसमा खुशीयाली समेत साटासाट गरेका थिए । कार्यक्रम संयोजक तथा शिक्षक द्रोण अधिकारीले कार्यक्रमलाई सञ्चालन गरि औपचारिक रुपमा अगाडी बढाएका थिए ।

विगत लामो समयदेखि अनुभवी शिक्षक शिक्षिकाहरुबाट उत्कृष्ट शिक्षण विधि अपनाउदै आएको यस कलेजले अब समाज सेवासँग सम्बन्धीत कार्य पनि गर्न लागेको उहाँले बताउनु भयो । त्यसकारण आफ्नो स्थापनाकाल दिवसको असरमा रक्तदान कार्यक्रम गर्न लागेको समेत अधिकारीले बताउनु भयो ।

सफल्तापूर्वक १९ बर्ष पार गर्दै अहिलेको अवस्था सम्म आई पुग्दा यस कलेजले करिब २० हजार विद्यार्थीलाई उत्कृष्ट शिक्षा हाशिल गराई सकेका छन् । यसरी यस क्याम्पसले करिब ६७ जिल्लाका विद्यार्थीलाई यो शैक्षिक पोल्टा भित्र अटाउन सफल भएकोमा संस्थापक डा बाबु राम अधिकारीले खुशी ब्यक्त गर्नु भयो ।

त्यसै गरि आज कलेको स्थापना दिवसको

अवसरमा नयाँ तथा पुराना विद्यार्थीहरुको संयुक्त उपस्थिति सहित रक्तदान कार्यक्रम गर्न पाउदा असाद्घै खुशी महशुस भएको संस्थापक वाचस्पति देवकोटाले बताउनु भयो । विद्यार्थी तथा शिक्षक गरि जममा ४५ जनाले रक्तदान गरेको प्रिन्सिपल राम प्रसाद अर्यालले जानकारी दिनु भयो ।

अतिरिक्त क्रियाकलाप तथा गतिविधिसँगै अब यस किसिमको नयाँ समाज सेवामुखी कार्यमा समेत कलेजले सहभागीता जनाउने उहाँले बताउनु भयो । विभिन्न तहका सबै विद्यार्थीहरु रक्तदान गर्नका लागी निकै आत्तुर देखिए । रक्तदान गरेका सर्बैलाई कलेजले प्रमाण पत्र समेत वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्