Logo

शल्यक्रियापछि घर फर्किए आर्नोल्ड


कलाखवर सम्वाददाता, बैसाख १ -हलिउड अभिनेता आर्नोल्ड स्वाजनेगर मुटुको शल्यक्रिया पश्चात घर फर्किएका छन्। मुटुमा समस्या देखिएपछि उनको मुटुको शल्यक्रिया गरिएको हो।७० वर्षिया हलिउड सुपरस्टारको मुटुको भल्ब फेरिएको हो। उनको मुटुमा सन् १९९७ मा पहिलोपटक भल्ब राखिएको थियो र सो भल्बको समयावधि सकिएकाले सोको ठाउँमा नयाँ भल्ब फेरिएको हो।

उनका प्रवक्ताले शल्यक्रिया सफल भएको र आशातितरूपमा स्वास्थ्यलाभ भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्