Logo

आर्यन र साम्राज्ञीद्वारा अभिनित कायरा शुक्रबार रिलिज


 

राजकुमार राई ,१९,साउन काठमाण्डौं । आर्यन सिग्देल र साम्राज्ञीसाम्राज्ञी राज्यलक्ष्मी शाहसँद्वारा अभिनित “कायरा” फिल्म शुक्रबार रिलिज भएको छ । यो फिल्ममा दुई युगल जोडीबिजको प्रेमकथा देख्न सकिन्छ ।

यस फिल्मको कथा आर्यन सिग्देल आफैलें लेखेका हुन्। यो फिल्मलाई लक्ष्मण्ण रिजालले निर्देशन गरेका छन् ।
यसमा निर्देशक रिजालको पनि लगानी रहेको बुझिएको छ । पहिले देखि नै रिजाल र सिग्देल दुबै सँगै फिल्म बनाउने योजनामा थिए, तर भनेजस्तो कथा भेटिइरहेको थिएन।

कुरैकुरामा आर्यनले कथा नै छैन बनाउने भनेर मात्र के गर्नु ? भने पछि रिजालले आर्यनलाई एउटा लाइन सुनाए, जुन कुरा नै फिल्म स्क्रिपमा परिणत भयो । यसलाई फिल्ममा संवादको रूपमा पनि राखिएको छ। जसको अंश यस्तो छ, तिमीसँगै थियौं सम्बन्ध देखिन, तिमीसँगै थिएनौं, एक्लो भए सम्बन्ध देखें तर तिमीलाई देखिन।

आर्यनले यस संवादबाट सोच मिलेको देखें र नयाँ कन्सेप्ट निकाली हाले । यसमा दुबैको कुरा मिल्यो फिल्म अगाडी बढ्यो। दोश्रो फिल्म ए मेरो हजुर २ को प्रचारका क्रममा उही खाले भुमिका आएर फिल्म गर्ने(नगर्ने दोधार परिरहेको गुनासो साम्राज्ञीको थियो।

कायरा उनको चौथो फिल्म हो। संयोगले यो चौथो फिल्म पनि प्रेमकथा। तर पनि छोटो पहेंलो वानपिसमा खुलेकी साम्राज्ञीले प्रेमकथा भएपनि फिल्मको कथा मनपरेकोले छोड्न नसकेको बताइन्। यो फिल्मको कथा बलियो रहेको समेत उनले दाबी गरिन् । एकदमै रोमान्टिक र गहिरो छ ।

पछिल्ला तीन फिल्मका कारण मलाई पनि धेरैले एउटै खाले फिल्म गर्‍यो भनेर भनिरहनु भएको थियो । हुन पनि मलाई उस्तै खाले स्क्रिप्टहरू आइरहेका थिए। आर्यन दाइको स्क्रिप्ट पनि मैले सुनौ न त, के थाहा मैले खोजेजस्तै होकी भनेर सुनें। सुनेपछि मलाई कथा एकदमै बलियो र गहिरो लाग्यो ।

यसले दुई परिपक्व पात्रको कथा भन्छ, त्यो राम्रो लागेर यो फिल्म खेल्न समर्थता जनाएको साम्रज्ञीको भनाई थियो । फिल्मी करियरमा आर्यनलाई पनि अन्य अभिनेतालाई जस्तै उस्तै भूमिका गरेको आरोप लागेको छ। त्यसलाई उनले परिवर्तन गर्ने प्रयास नगरेका त होइनन् तर ती परिवर्तित अवतारमा दर्शकको रूचिमा परेन ।

चौथो फिल्म रिलिज हुँदै गरेको अवस्थामा र रिलिजको तयारीमा रहेको इन्टु मिन्टु लन्डनुमा ट्रेलरको कारण आर्यनको जस्तै आरोप साम्राज्ञीले पनि सुन्न थालिसकेकी छन्। सबै कलाकारको जीवनमा यस्तो उतारचढाव आउँछ। मेरो पनि ध्यान फरक सिनेमा गरू भन्ने हो तर फरक सिनेमाको प्रस्ताव नै नआएपछि आएकोबाट नै राम्रो छानेको हो साम्राज्ञीले भनिन्।

साम्राज्ञीको जवाफ सुनेपछि आर्यनले उनलाई एक्सन अवतारमा हेर्न चाहेको इच्छा जाहेर गरें। मलाई द गर्ल वीथ दि ड्रागन ट्याटु र माई वाइफ इज अ ग्याङस्टरु जस्ता भूमिका गर्न मन छ। तर यस्तो स्क्रिप्ट आउँदैन अनि स्क्रिप्टमा सँधै यस्तै तलमाथि भइराख्छ । आर्यनको कुरा सुनेर सुरूमा हाँसेकी साम्राज्ञीले गुनासो गरिन्।

उनीहरू दुबैले चाहाना हुँदाहुँदै पनि राम्रा कथा नलेखिनाले फरक गरूँ भन्ने चाहना पूरा नभएको बताए। त्यस्तै राम्रो स्क्रिप्ट नहुँदा दर्शक भड्किने सम्भावना रहन्छ, त्यसमा पनि उत्तिकै चनाखो हुनुपर्ने भनाइ राख्दै त्यसका लागि राम्रो मेकरसँग मात्र खतरा मोल्न सकिने धारणा दुबैको थियो।

प्रतिक्रिया दिनुहोस्