Logo

दुघर्टनामा १को ज्यान गयो


सोम वहादुर स्याङतान,टिस्टुङ– मकवानपुर स्थित थाहा नगरपालिका वडा नं.१२ झाप्रे काफल डाडामा सडक दुघर्टना भएको छ । दुघर्टनामा परि स्कुटर चालक देउराली निवासी सन्जीव टिटुङको घटना स्थलमै मृत्यु भएको छ ।
दुघर्टनामा स्कुटरमा सवार गैरगाँउका विकाश गोले गम्भीर घाइते भएका छन् । घाइतेको उपचार अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । तिव्र गतिमा विपरीत दिशा वाट आइरहेको ना.६ ख २९०८ नंम्वरको ट्रकले स्कुटरलाई दिएको हो । घटना पछि स्थानियले केही बेर सवारी साधान आवत जावतमा रोक लगाएका थिए ।
मकवानपुर प्रहरीले ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीयले भने चालकलाई जन्मकैदको माग गरेका छन् भने मृृतका परिवारलाई १० लाख क्षतिपुर्ति र घाइतेको सम्पुर्ण खर्च सम्वन्धीत व्याक्ति वा समितीले बेहोर्नु पर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्