Logo

अहिलेको सबै भन्दा बढी आम दर्शकले रुचाएको बहुर्चित भिडियो सार्बजर्निक


 

कलाखबर संवाददाता,३,असार, काठमाणडौ। असार ३ गतेबाट अहिलेको सबै भन्दा आम दर्शकको मनमा पस्न सफल घुटु घुटु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । चर्चित गायीका टिका प्रसाई र सितल राज पाण्डेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियोमा प्रसिद्ध कलाकार नायक युविन ढुङगाना र कुसल नायीका रजिना मर्हजनकोे रोमान्टिक अभिनय  देख्न सकिन्छ ।

अनिल खनालको शब्द संगीत रहेको गीतको भिडियोलालाई अहिलेको चर्चित निर्देशक अनिल राईले निर्देशन गरेका छन् ।यी दुई जोडीको रोमान्सले आम दर्शकको मनलाई जित्न सक्ने निकै प्रर्वल सम्भावना देखिन्छ ।

भर्खरै मात्र सार्बजनिक भएको गीतको भिडियो हेर्ने दर्शकको संख्या अत्याधिक रुपमा बढ्दो क्रम जारी छ । करिब दुई दर्जन कोरसहरुको पृष्ठभुमिमा नायक र नायीकाको रोचक रोमान्स देखार्इएको छ । यस भिडियोमा आपसी दुई युगल जोडीबिचको प्रगाढ माया प्रेम समेटिएको छ ।

यो भिडियोलाई सुजन दाहाल र मघुर बस्नेतले छाँयाङकन गरेका छन् । श्रृङगार जिवन पासाले गरेका छन् भने कोरियोग्रफर समि गुरुङले गरेका छन् । विनोद बमको सम्पादन रहेको यो भिडियोलाई बिन्दा बासिनीले आफ्नो युटयूब च्यानलमा अपलोड गरेको छ् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला

प्रतिक्रिया दिनुहोस्