Logo

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ पोखरामा मुहूर्त


कलाखबर संवाददाता,१७, भदौं—काठमान्डौं । अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ को मुहूर्त शनिबार पोखरामा भएको छ । सो फिल्म सुपरस्टार अनमोल केसीले अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग स्कृन साझेदारी गर्न लागेको हो ।

शनिवार दिउँसो साढे ३ बजे पोखराको विन्दावासिनी मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो ।  झरनाले दोस्रो पटक निर्देशन गर्न लागेको फिल्मको मुहूर्त समारोहमा अनमोल र सुहाना दुवै उपस्थित थिए ।

उनीहरुले मुहूर्त सट पनि दिए । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यो फिल्मको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् ।

सुहाना डेब्यु फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । अनमोलले पहिलो पटक स्टार किड्ससँग काम गर्न पाउँदा खुसी लागेको बताए । ए मेरो हजुर ३, को फ्लोरमा निस्कनु अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । सम्भोवत चैत २९ गते फिल्म रिलिज हुनेछ ।

आफ्नो छैटौं प्रोजेक्ट क्याप्टेनु को छायांकन सकिएका कारण अब अनमोल खाली छन् । यही बीचमा फिल्मको सुटिङ सुरु गर्ने निर्माण टिमको तयारी छ । अबको केही दिनमा अनमोल र सुहानाले वर्कशप ज्वाइन गर्नेछन् ।

रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ ।

गएको वर्ष प्रदर्शनमा आएको यो फिल्मको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँले अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्