Logo

अनमोलकी हिरोइन भारतमा चर्चा बटुल्दै



२१–कातिक, काठमाडौं,राजकुमार राई ।अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गर्न लागेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’को छायाँकन अझै सकिएको छैन । तर उनको चर्चा भने भारतीय मिडियामा समेत हुन थालेका छन् ।
‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको छ ।
‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन ।

 

 

सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् ।ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ ।उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर अहिले इस्टाग्राममा भाइरल समेत भएका छन् ।

अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् । इस्टाग्राममा अदितीका पनि तीन लाख फ्लोअर्स छन् ।

को हुन् अदिती

अदितीको जन्म झापा, दमकमा भएको हो । फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदिती मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय गरिरहेकी छन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्