Logo

सविन मेरो प्रेमीः अनु शाह


कलाखवर सम्वाददाता, श्रावण २४ – केही समय अगाडि नायक सविन श्रेष्ठ र नायिका अनु शाहले जिल्ला अदालतमा पुगेर बिहे गरेको खबर सार्वजनिक भएको थियो । तर, पछि यी दुइले त्यो खबरको खण्डन गरे ।

अनु र सविन लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरु जहिले साथी भन्दै मिडियासँग तर्किदै आएका थिए । अनु शाहले त सविन आफ्नो साथी मात्र भएको जिकिर गर्न कहिले छाडिनन् । तर, अब उनै अनुले सविन आफ्नो प्रेमी भन्दै फेसबुकमा स्टाटस लेखेर प्रेम व्यक्त गरेकी छिन् ।

अनुले लेखेकी छिन् ‘हो उनी मेरो प्रेम हुन्’। आई लभ यू बेबी’ । अनुले सविनसँग अंकमाल गरेको तस्बिर पनि पोष्ट गरेकी छिन् । अनु र सविन लामो समयदेखि प्रेममा थिए तर उनीहरुले स्विकार्न अस्विकार गरेका थिए । अहिले यी दुबैको चलचित्र करिअर ध्वस्त भैसकेको छ । सायद, यही भएर पनि होला उनीहरु नयाँ जीवन सुरुवात गर्ने मोडमा पुगेका छन् । यसैले अनुले सविनसँगको प्रेम स्विकार गर्दै नयाँ जीवन सुरु गर्न लागेको संकेत गरेको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्