Logo

चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने


कलाखवर सम्वाददाता, कार्तिक २९- अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने भएको छ ।   ‘जिस्म २’ दिएको सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा रहने छैनन् ।   ‘जिस्म २’को अहिले पोखरमा छायांकन भइरहेको छ । राजु गिरीको निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिरीले गरेका थिए ।

सुरज कुँवरको छायांकन रहेको चलचित्रमा रमेश विश्वकर्मा र रेजिना भण्डारी मुख्य भूमिका छन् । यी दुबैले यस चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको संगीत रहेको छ । चलचित्रमा भरपुर ग्ल्यामर दृश्य रहने निर्माता गिरीले बताए । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्