Logo

अशोक दर्जे पछि नौ बर्षे वालक मनिष लिम्बु एकाएक यसरी मिडियासामु चर्चामा आए ( भिडियो सहित )


 

राजकुमार राई,१६,भदौ—काठमाण्डौं । पछिल्लो समय अशोक दर्जे पछि वालक गायक मनिष लिम्बु मिडियामा एकाएक चर्चाको शिखर बनेका छन् । पूर्वीय नेपालको पाँचथर जिल्लामा जन्मेका ९ बर्षको कलिलै उमेरमा मनिष लिम्बु प्रख्यात सेलीब्रटी बनी सकेका छन् ।

करिब एक महिना अगाडी गायक तथा संगीतकार सुहाङ लिम्बुको साथमा गीत रेकर्ड गर्न राजधानी छिरेका मनिष यतिखेर मिडिया सामु अन्तबार्ता मै ब्यस्त छन् । उनको पछाडी दिनहु १० देखि १५ जना मिडियाकर्मीहरु लागी परेको गायक सुहाङ लिम्बुले कलाखरलाई बताए ।

गीत संगीत कही कतैपनि नसिकेका वाल गायकको आवाज सुन्दा आम दर्शक अचम्बित भएका छन् । भगवाको बरदान नै साबित भएको सबैको आँकल छ । मिडियामा अन्तावार्ता दिदा पनि उल्टै मिडियाकर्मीलाई नै अचम्बित पार्ने क्षमता उनमा रहेको छ ।

हसिलो , रसिलो अनि जोशिलो तरिकाले कुनै प्रोफेनशल पाराले निर्धक्क अन्तवार्ता दिन्छन् । जुनसुकै गायक, गायीकाहरुको जस्तोसुकै गीतलाई पनि मज्जाले सुर र ताल मिलाएर गाउन सक्ने खुबी उनमा रहेको छ । बिशेष गरि अहिले मेलीना राईको नामलाई जोडेर आफ्नै शब्दमा रोचक कमेडी गीत गाउने गर्छन् ।

उनी मज्जाले ठूलै उमेरका मान्छेहरु जस्तै गरि जोक्स पनि गर्छन् । मेलीना राई र आफनो बिहे गर्ने प्रशङ्ग उठाउँदै आम दर्शक तथा मिडिया कर्मीहरुलाई हशाउने गर्छन् ।

भर्खरै मात्र सुहाङ लिम्बुको शब्द संगीतमा “ म मेरो देशलाई बचाउन अधि बढ्ने छु,यी साना हातले इतिहास कोर्नेछ ” बोल्को आफ्नो एकल गीत रेकर्ड गरि सकेका छन् । जुन गीतको केहि क्लिपस् तथा रोचक अन्तर्वाता हेर्न तलको भिडियोमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्