Logo

चलचित्र ‘बेबी आइ लव यु’ट्रेलर सार्वजनिक


कलाखवर सम्वाददाता, बैसाख ७,काठमाडौं – चलचित्र ‘बेबी आइ लव यु’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेठ १८ गते प्रदर्शन मिति तय गरेको चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, बिछोड, रोमान्सलाई प्रस्तुत गरिएको छ । प्रेसमिटमा प्रस्तुतकर्ता शिव न्यौपानेले चलचित्रले युवा पुस्तालाई आकर्षण गर्ने बताए । यस्तै चलचित्रमा सङ्गीत समेत दिएका नायक खड्गीले चलचित्रमा सक्दो मिहेनत गरेको बताए ।

जनक पाण्डे निर्देशित चलचित्रमा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा डान्स छ । कार्टुुञ्ज क्रुको प्रस्तुति रहेको चलचित्रको ‘कान्छी मायालु’ बोलको गीत तथा भिडियो हिट भैसकेको छ । चलचित्रमा सह निर्माताको रूपमा सृजना परियार र दुर्गा पाण्डे छन् । बिहिबारको प्रेसमिटमा कान्छी मायालु गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो ।

बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समूहले हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्