बाबुको शालिक अगाडि उभिएर प्रकाशमानले भने– साम्यवाद दिवासपना हो, सफल हुन दिँदैनौं

२४ कात्तिक , काठमाडौं , राजकुमार राई  । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिष्टहरुले फेरि पनि एकदलीय शासन व्यवस्था कायम गर्न खोजेको बताएका छन् । उनले बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा चुनौति दिनेहरुविरुद्ध कांग्रेसले डटेर सामना गर्ने पनि बताए ।गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा आज शोभाभगवतीमा आयोजित कार्यक्रममा प्रकाशमानले कम्युनिष्टहरुलाई साथमा लिएर बहुदल ल्याउन सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहले खेलेको भूमिका स्मरण गरे ।


उनले भने, ‘रुपान्तरित भएर बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिष्टहरुले फेरि पनि एकदलीय शासन व्यवस्था कायम गर्छु भनेर घोषणा गर्छन् भने कांग्रेस सहमत हुँदैन । हामी बहुलवादमा आधारित संसदीय व्यवस्था मान्ने कम्युनिष्टहरुलाई मान्छौं । यदि त्यसलाई चुनौति दिन्छ भने हामी सामना गर्न तयार छौं । विगतमा जस्तै अप्रजातान्त्रिक उग्रवामपन्थीको विरुद्धमा कांग्रेस उभिन्छ ।’१० वर्षभित्र नेपालमा साम्यवाद ल्याउँछौं भनेर वाम गठबन्धनका नेताहरुले भनेको भन्दै कांग्रेस नेता सिंहले भने, ‘नेकपा एमाले र माओवादी केन्द्र एक भई निर्वाचनमार्फत साम्यवाद ल्याउने सपना देखेका छन्, यो दिवा सपना मात्र हो, सफल हुन दिँदैनौं ।

’ संसारभरि फेल भइसकेको साम्यवाद वाम गठबन्धनले नेपालमा ल्याउन नसक्ने उनले बताए ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले प्रजातन्त्र पुनःस्थापनाका लागि सर्वोच्च नेता गणेशमान सिंहको योगदान अतुलनीय रहेको बताए । गणेशमान सिंहले ०४६ को जनआन्दोलनको नेतृत्वदायी भूमिका खेलेका थिए । उनकै अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर प्रजातन्त्र स्थापना गरेका थिए । गणेशमान सिंहको भूमिकाको सम्मान गर्दै तत्कालीन सरकारले ‘सर्वमान्य नेता’ र यातनाबाट नगल्ने ‘लौह पुरुष’को संज्ञा दिएको छ ।प्रकाशमान सिंह उनै गणेशमान सिंह र मंगलादेवी सिंहको छोरा हुन् ।

गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा शोभा भगवतीस्थित आफ्ना माता–पिताको शालिकमा प्रकाशमानले माल्यार्पण गरेका छन् । शालिक अगाडि उभिएर उनले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए ।जन्मजयन्तीको अवसरमा शान्तिबाटीकास्थित गणेशमानको शालिक अगाडि पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति डा। रामवरण यादव लगायतको उपस्थिति थियो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...