Logo

‘बादशाह जुट’को छायांकन सुरु


कलाखवर सम्वाददाता, बैसाख ९ – चलचित्र ‘बादशाह जुट’को छायांकन सुरु भएको छ । शनिबार काठमाण्डौबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रलाई पोखरा र भारतको मुम्बइमा छायांकन गरिनेछ । जोनी सिंह राणाले निर्देशन गर्ने यो चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रमा नायक सुशिल भिन्न लुक्समा प्रस्तुत हुने निर्माणपक्षको भनाई छ । एच एण्ड बी फिल्मस्साग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेन्मेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । अभिषेक कुमार सैनीले लेखेको यो चलचित्रलाई कमेडी, एक्सन, रोमान्स र थ्रिलको कथामा निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्