Logo

‘बाहुबली २’ जोडी ७ बर्षदेखि प्रेममा, डिसेम्बरमा बिहे गर्ने


‘बाहुबली २’ को सफलतापछि यसका मुख्य नायक प्रभास र नायिका अनुष्का सेट्ठीको पर्दा बाहिर र पर्दा भित्रकाे रोमान्सका विषयमा धेरै गसिप लेखिए । अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्धबारे मुख खोलेका छैनन् ।

तर, एक फेशन म्यागजिनका समिक्षक उमेर सन्धुले प्रभास र अनुष्काले आउँदो डिसेम्बरमा बिहे गर्ने उल्लेख गरेका छन् । उमेरले ट्विट गर्दै भनेका छन्-‘केही मान्छेहरु प्रश्न गर्दैछन् कि, के प्रभास र अनुष्का रिलेशनमा छन् । म साँचो कुरा बताइदिन्छु । उनीहरु रिलेशनमा छन् । चाँडै बैबाहिक सम्बन्धमा बाँधिने तयारीमा पनि छन् ।’

साथै उनले अनुष्का र प्रभास ७ वर्षदेखि डेटमा रमाइरहेको उल्लेख पनि गरेका छन् । ‘हिन्दी चलचित्र ‘बिल्ली’ को सुटिङदेखि उनीहरु रिलेशनमा थिए ।’ उमेरले दावी गरेका छन् ।

प्रभास र अनुष्काले ‘बाहुवली, बिल्ला र मिर्चि’मा एकसाथ काम गरेका छन् । केही समय अघि प्रभासको परिवारले उनको विवाह कुनै ब्यबसायीको छोरीसँग गर्ने हल्ला पनि चलाएको थियो । तर, प्रभास र अनुष्का नजिकिएको जानकारी पाएपछि प्रभासको परिवार अनुष्कासँगै लगनगाँठो कस्न राजी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्