Logo

बलात्कार्जन्य घटना अझै कम भएन : नातिनीको प्रतिकारमा हजुरबुवाको ज्यान गयो


कलाखबर सम्बाददाता, २९ भाद्र, काठमाडौँ ।  बलात्कार गर्न खोजेको भन्दै १३ बर्षीय बालिकाले नाताले हजुरबुवा पर्ने एक बृद्दको हत्या गरेकी छिन् ।

रामेछाप नगरपालिकाका वडा न. ७ रजरगाउका उक्त बालिकाले ६५ बर्षीय पूर्णबहादुर श्रेष्ठको हत्या गरेकी हुन् र घटना लगत्तै उनले प्रहरीसामु आत्मसंमर्पण गरेकी छिन् ।

बिहान नजिकैको बारीमा घास काट्न जाने बेलामा श्रेष्ठले शरीरको पछाडिबाट तानेर बलात्कार गर्न खोजेको उनको बयान छ ।
त्यहाबाट फुत्कियर भागी उनले फलामको रडले श्रेष्ठको टाउकोमा प्रहार गरेकी थिइन् ।
उनी स्थानीय बिद्यालयमा कक्षा ८ मा अध्यनरत छात्रा हुन् ।

प्रहरी नायव उपरीक्षक अमरेशबहादुर सिंहका अनुसार घटना लगत्तै प्रहरीले अनुशन्धान थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्