Logo

बल्छी ध्रुबेले सुटुक्क लगनगाँठो कसे


 

कलाबखर संवाददाता,२९– बैशाख ,काठमाण्डौ। टेलिसिरियल मेरीबास्सैबाट ‘बल्छी ध्रुबे’को नामले परिचित मरिचमान श्रेष्ठ शुक्रबार बैबाहिक बन्धनमा बाधिएका छन् ।

गोर्खाका बल्छि धु्रबेले लमजुङकी करुणा नाम गरेकी आफ्नी प्रेमीकासंग शुक्रबार काठमाण्डु स्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । यो जोडीले झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको हो ।

मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भित्र केटी खोज्नका लागी गाउँले धेरैको सहयोग लिईरहेको भए पनि बास्तबिक जिवनमा भने सुटुक्क बिबाह गरेका छन् ।

बल्छी ध्रुबेले आजनै आफ्नी नव विवाहित दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्