Logo

बेनिषा हमाल र टंक राज कुलुङको रोमान्स्( भिडियो सहित )


कलाखबर सबाददाता,१९,जेठ–काठमाण्डौ । मुटुभित्र देउन मलाई बास बोलको गीतमा मोडल तथा कलाकार टंक राज कुलुङ र बेनिषा हमालको निकै रोचक रोमान्स् देख्न सकिन्छ । सो गीतको म्यूजिक भिडियो शुक्रबार हाईलाईटस् नेपालको च्यानलबाट सार्बनिक भएको छ ।

यो भिडियोमा युगल जोडीबिचको एक आपसीको खुशी र माया प्रेम प्रशंगलाई समेटिएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना, राजन राज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीको रहेको छ ।

उक्त भिडियोमा सबिना गुरुङको शृङगार, बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेका छन् । मुटुभित्र देउन मलाई बास बोल गीतको भिडियोलाई अहिलेको निकै चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्