Logo

वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी


कलाखबर संवाददाता,१८,मंसिर, काठमाण्डौं । न्यू नेपाल कम्यूनिटी सर्भिसले दृष्टिबिहिनहरुका लागी सहयोगार्थ स्वरुप बृहत साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने भएको छ । राष्ट्रिय तथा अन्य ख्याति प्राप्त कलाकारहरुको साथमा चन्द्रगिरी बोसी गाउँ बुद्धस्थानमा सो कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमका मुख्य आकर्षणहरु हाँस्यब्याङग्य, प्रहसन, नृत्य तथा गायन जस्ता रोचक प्रस्तुतिहरु रहने भएको छ । कार्यक्रमलाई सरु मल्लले संयोजन गरेको छ भने, कृष्ण महर्जनले व्यावस्थापन गरेको दाजु भाई क्याटरिङका सञ्चालक सुमन मगरले बताउनु भयो ।

चन्द्रगिरी आसपासका सबै स्थानीय बासिन्दाहरुको बाग्लो उपस्थिमा कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउनका लागी सबै जना लागी परेको व्यावस्थापक कृष्ण महर्जनले बताए । सो कार्यक्रमलाई दाजुभाई क्याटरिङ कलङकी र होसन्न जेवलर्सले प्रायोजन गरेका छन् ।

केहि सहयोग स्वरुप १००० र ५०० को टिकेट समेत व्यावस्था गरिएको प्रयोजक सुमन मगरले जानकारी गराउनु भयो ।

कलाकारहरु रक गायीका स्वरस्वती लामा, लोक गायीका विनिता राई, लोक गायक तथा दोहोरी गायक भीम राई, दोहोरी गायीका गंगा सिन्जाली मगर,दोहोरी गायीका प्रेम कला पुन, हाँस्यकलाकार सुमन मगर, अहिलेको भाईरल जोडी बखत विष्ट र प्रतिभा चौधरी तथा नृत्य कारहरुमा मित्र कला राई, रोमना जेरुङ, विपना गोले आदी रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्