Logo

विशिष्ट व्यक्तित्वहरुलाई सम्मान सहित, यायोक्खाले मनाए,३१ औस्थापना दिवस


राजकुमार राई,२४,साउन–ललितपुर । किराँत यायोक्खाले भव्य र सभ्य रुपमा आफ्नो ३१ औस्थापना दिवस मनाएको छ । जावलाखेल स्थित कृष्टल पाटी प्यालेसमा आयोजित सो कार्यक्रम्मा किराँत यायोक्खाका अध्यक्ष तिलक राई सभाध्यक्ष रहेका थिए । नेकपाका अध्यक्ष तथा पूर्व प्रधान मन्त्रि तथा पुष्प कमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा रहेका थिए ।

अन्य अतिथिहरुमा सोलुखुम्बु सांसद हेम राज राई, पूर्व अध्यक्ष गंगा राज राई,कुलबहादुर राई,अन्य सांसहरुमा प्रमिला राई,सुरेश कुमार राई,सुदन किराँती,जय कुमार राई, कृष्ण राई गृह सचिप नेपाल सरकार पे्रम कुमार राई तथा

विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु आदी रहेका थिए । समाजका विभिन्न क्षेत्र तथा किराँत राई समुदाय भित्र महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान तथा नगद राशी सहितको पुरस्कार समेत दिएका थिए ।

लामो समयदेखि किराँती भाषा, लिपि तथा कला सँस्कृति सम्वन्धि खोजमुलक अनुसन्धान गरि शसक्त रुपमा कलम चलाउने जनक ऋषी राई, तथा रेडियो र टेलिभिजनमा भाषिक कार्यक्रम सञ्चालिका रिता राराहाङ राईलाई सो पुरस्कार वितरण गएिको हो ।

सोलुखुम्बु सांसद हेम राज राई र स्रष्टा चक्र राईले यो पुरस्कार वितरण गरेका थिए । जनक ऋषी राईले किराया धन्केस्वर–अतम्बरी स्मृती पत्रकारिता पुरस्कार कोष २०६४, नगद रु २७,००० राशी र ताम्रापत्र सहित पाएका थिए भने, रु ८,००० राशी र ताम्रापत्र सहित किराया दुर्गादेवी–मोहनसिंह राई भाषीक पत्रिकरिता कोष–२०७०, रिता राराहाङ राईले पाएका थिए ।

त्यसतै गरि अक्षयकोषदाताहरुबाट किराँत समुदायमा विशिष्ट स्थानमा आफ्नो नाम राख्न सफल विशेष व्यक्तित्वहरुलाई समेत सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरुमा किराँत राईहरुको प्रथम पाईलट सृष्टि राई, विध्यावारिधी डा. मन्दिप राई, तथा सगरमाथा आरोही गजुर मान राई रहेका थिए ।

किराँती जिवनीको सेरोफेरोमा आधारित चामलिङ राई भाषाको “सामदुङ ”नामक उपन्यास कृति लेखे वापत रु १५,००० पुरस्कार राशीसहित किरायाछत्र–विष्णु राई कृति सम्मान कोष–२०६० बाट बिजय बलम्ताली राईलाई सम्मान गरिएका थिए ।

किराँती मौलिक गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत रु १५,००० नगद राशी र ताम्रा पत्र सिहित किराया संगीत विकासकोष–२०५८ बाट राजकुमार राई सम्मानित भएका छन् । साथै अपाङ्ग तथा जेहन्दार विद्यार्थीलाई समेत केही नगद राशीसँगै सम्मान सहयोग रकम वितरण गरेका थिए ।

सबै विधा तथा महत्वपूर्ण क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई पहिचान र मूल्यङ्कन गरि कदर र हौशला स्वरुप यो सम्मान तथा पुरस्कार वितरण गर्दै आएको संस्थाका अध्यक्ष तिलक राई ले बताउनु भयो ।

यायोक्खाले बडो उच्च मुल्याङ्कनका साथ यो महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै प्रमुख अतिथि एवम् नेकपाका अध्यक्ष प्रचण्डले सम्मानित व्यक्ति तथा यायोक्खा परिवारलाई शुभकामना दिनु भयो ।

त्यसै क्रममा परापूर्वकालदेखि नै किराँतहरुको आफ्नो छुट्टै ईतिहास, पहिचान र सभ्यता रहदै आएको पनि बताउनु भयो । जसले गर्दा प्रदेश नं १ लाई किराँत प्रदेश नामकरण गर्दा राम्रो हुने उहाँको भनाई थियो ।

कार्यक्रममा किराँती तथा गैरकिराँतीहरुको बाग्लो उपस्थिति रहेका थिए । कार्यक्रमलाई रौनक्ता र मनोरञ्जको माहोल बनाउन किराँत राई साँस्कृतिक कलाकार संघका चर्चित तथा लोकप्रीय गायीका मेनुका राई, कला राई, सरला राई, गायक रोशन वान्तावा राई लगायत थुप्रै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्