Logo

विश्व मानव अधिकार एवम् अपराध नियन्त्रन संगठन अर्थात सफेद चरणले वृहत कार्यक्रम गर्दै


कलाखबर संवाददाता,२०,असोज–काठमान्डौं । विश्व मानव अधिकार एवम् अपराध नियन्त्रन संगठन अर्थात सफेद चरणले परिचयात्मक तथा जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

श्री भवानी उच्च मा.वि.को प्राङ्गन नुवाकोटको ककनीमा आसोज २२ गते हुन लागेको कार्यक्रममा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गर्ने भएको छ ।

राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति सहित वृहत रुपमा नै कार्यक्रम गर्न लागीएको कार्यक्रम संयोजक पदम लिम्बु पालले कलाखबरलाई जानकारी दिनु भयो ।

कार्यक्रमका मुख्य आकर्षकहरु गायन, नृत्य तथा हाँस्यब्याङग्य रहने भएको छ । कलाकारहरु लक्ष्मी स्याङताङ, सिमा घिमिरे,चुनी राम र ढेडु बुढो आदी रहेका छन् ।

मुख्य आयोजकको रुपमा सफेद चरण रहेका छन् भने सह–आयोजकको रुममा जेन्टल हार्ड फौन्डेसन,किराँत राई यायोक्खा, संखवा सभा सोसोईटी,खामाखा खाबुङ समाज आदी रहेका छन् ।

सफेद चरण विगत लामो समयदेखि सामाजिक बहिष्कारको विरुद्ध मानव अधिकारको संरक्षण र आवाज उठाउँदै समाज सेवामा योगदान दिदै आएको एक समाजिक संस्था हो ।

जसले विभिन्न किसिम्का बिरामीहरु मृगौला पीडित, बन्मारो रोगी, बाधरोग तथा आर्थिक हिसाबले पिछडिएका पीडितहरुलाई निशुल्क औषधी र आर्थिक सहयोग गर्दै आइ रहेको छ ।

सामाजिक बहिष्कारको विरुद्ध जनचेना फैलाउने मुख्य उद्देश्ले यो कार्यक्रम गर्न लागीएको हो ।

प्रतिक्रिया दिनुहोस्