‘द म्यान फ्रम काठमाण्डूको’ सुटिङ समाप्त

कलाखवर संम्वादाता ,पौष २१-द म्यान फ्रम काठमाण्डूको नेपालमा सुटिङ समाप्त भएको छ। बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रिसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे जानकारी गराएको हो। क्युएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखे। पाँच करोड बजेट बताइएको फिल्ममा संलग्न विदेशी प्राविधिकबाट स्थानीय प्राविधिकले सीप सिकेको र...

‘उल्झन’को फर्स्टलुक सार्वजनिक

कलाखवर संम्वादाता ,पौस १९ – नेपाली फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको फर्स्टलुकमा नायक ध्रुव दत्त, नायिका रजनी के।सी र अर्का नायक बेनी ढुंगाना मात्र पोष्टरमा अटेका छन् नेपाल प्रदर्शन मिति चैत्र २ गतेलाई तय गरिएको फिल्मको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् । ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता...

सुनिल ग्रोवर पनि नेपाल आउँदै

  कलाखवर संम्वादाता ,पौस १९ – पछिल्लो समय बलिउड कलाकारहरू नेपाल आउने क्रम बढेको छ यतिबेला बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ । यसै बिचमा फेरी भारतका नामी कमेडियन सुनिल ग्रोवर पनि नेपाल आउने खबर आएको छ । अङग्रेजी नयाँ बर्ष २०१८ मा आयोजना हुन लागेको एक कर्पोरेट सोुुका लागि ग्रोवर नेपाल आउने भएका हुन् जनवरी ५ मा...

प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला

कलाखवर संम्वादाता ,पौस १९ – बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् । पहिलो चरणमा छानिएका एसियाका ५० जना महिलाको सूचीमा मध्य प्रियंका पहिलो स्थानमा परेकी हुन । शुक्रवार प्रकाशित बेलायती साप्ताहिक पत्रिका ईस्टर्न आईुद्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन् । प्रियंकाले यो भन्दा अघि पनि पाँचौँ पटक एसियाली...

इन्दिरा जोशीको नयाँ गीत ‘मोहनी‘’……..

      कलाखवर संम्वादाता, पौस १९-नेपाली साकिराको उपनामबाट परिचित गायिका इन्दिरा जोशीको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको मोहनी नामक गीतमा जोशीले सुवर दिएकि हुन्। नेपाल आइडल गायन सो को जज बनेर काम गरेपछि जोशीले गाएको यो पहिलो गीत हो। संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश गीतमा शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो।अमेरिकाका...

‘लिलिबिली’ को युरोप ‘इन्डक्ल्याप’

कलाखवर संवाददाता ,काठमान्डौं पौस १८- नेपाली कथानक चलचित्र ‘लिलिबिली’ को येरोप छायांकन ‘इन्डक्ल्याप’ गरिएको छ । लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुलमा पुगेर सिनेमा ‘लिलिबिली’ को युरोप छायनंकन इन्क्ल्याप गरिएको हो । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायाँकनसँगै सिनेमाको ‘इन्डक्ल्याप’ गरिएको निर्माण पक्षले जनाएको छ । युरोपियन देशमा सिनेमाको छायांकन करिव ५० दिन लगाएर गरिएको हो । चलचित्र ‘लिलिबिली’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा प्रियंका...

नेता बनिन् केकी

  कलाखवर संवाददाता ,काठमान्डौं पौस १८- केकी अधिकारी अभिनित सामाजिक चलचित्र गाउँकी छोरी को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् ।स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ। पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन्। स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन्। नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी युट्युबमा केही सातापछि...

पोखरामा ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ हुने

        कलाखवर संवादाता ,काठमान्डौं पौस १८ – नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आगामी माघ १९ गतेबाट पोखरामा ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ हुने भएको छ।चार दिनसम्म चल्ने फेस्टिभलको बारेमा आयोजकले सोमबार कार्यक्रम फेस्टिभलको औपचारिक घोषणा गरेको हो।महोत्सव निर्देशकले फिल्मको बहसलाई मोफसलमा बिस्तार गर्ने उदेश्यले महोत्सव पोखरामा आयोजना गरेको जानकारी दिए। उनका अनुसार फेस्टिभलमा ५३ फिल्म प्रदर्शन गरिनेछ। आयोजकका अनुसार विश्वभरबाट प्राप्त ४ सय बढी फिल्महरुबाट १३...

भर्खरै थानकोटमा संकास्पद यात्रुलाई चेक गर्दा प्रहरी चकित

काठमाण्डौ,१५–पौष,राजकुमार राई नागढुंगा चेकपोष्टमा शरिरमा लगाउने कपडाजस्तै ३२ लाख नेपाली रुपैंया पैसाको बण्डल लगाएका एक भारतीय नागरिक पक्राउ परेका छन । भारतको बिहार सितामणी जिल्लाका सोनुकुमार चौधरीलाई प्रहरीले स्रोत नखुलेको नेपाली पैसा ३२ लाख शरिरमा बेरेर ल्याएको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका चौधरीले आफु हार्डवयर व्यवसायमा लागेकाले सोही प्रयोजनका लागी उक्त पैसा ल्याएको बताएपनि प्रहरीलाई उनको हाउभाउ शंकास्पद र स्रोत विश्वसनीय नलागेपछि पक्राउ गरेको जनाएको छ ।...

मिस शेर्पा २०१७ को उपाधि सोनाम डोल्मा शेर्पाको पोल्टामा

                                              छिरिङ्ग शेर्पा, १४ पौष काठमाडौँ । सुन्दरी सोनाम डोल्मा शेर्पा मिस शेर्पा २०१७ को उपाधि विजेता भएकी छिन । १२ जना प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै ऊनी मिस शेर्पा २०१७ को ताज हात पार्न सफल भएकी हुन्। यसका साथै उनले मिस वेस्ट वाकको अर्को अवार्ड पनि आफ्नै नाममा...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...