प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

महिला नौमति बाजा समुहले यसरी आफ्नो प्रतिभा पर्दशन गरे( भिडियो सहित )

कलाखबर संवाददाता,३,असोज—काठमाण्डौं । महिला नौमति बाजा समुहले मंगलबार बालाजु मन्दिरमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सबै महिला नै महिला हातमा सनाई, नसिङगा,ढोल झयाँम्टा, लगायतका विभिन्न नौमति बाजा लिएर यी समुह पर्दशनमा उत्रिएका थिए । यो कुनै किसिम्को विरोध प्रदर्शन नभएर खाली आफ्नै मौलिक महिचानको प्रर्दशन थियो । अहिले यस किसिमको बाजा तथा सँस्कृति लोप हुँदै गएको छ । यस किसिमको बाजा विशेष गरि स्वागत सत्कार, बिवाह, ब्रतवन्ध तथा...

समाज“परिवर्तनका लागि मानव समाज नेपाल” को महत्वपूर्ण भुभिका

कलाखबर संवाददाता ,३१, भाद्र–काठमाडौँ । हामी एकजुट भए बन्छ देश, हराउदैन देशको स्वाभिमान, कलाकारिता, साहित्य र सामाजिक अभियान्ताको माध्यमबाट स्वच्छ समाज निर्माणमा हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसाथ गरी स्थापना गरिएको परिवर्तनका लागि मानव समाज नेपाल नामक सामाजिक संस्थाले स्थापनाको छोटो समयमै उपत्यकाका विभिन्न ठाउँहरुमा नाटकको माध्यमबाट प्रभावकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । नेपाली समाजमा भएका विकृति विसंगति, कुरितीहरुलाई नाटकमार्फत चिरफार गर्दै चेतनामुलक कार्यक्रम गर्ने उद्देश्य रहेको उक्त...

विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान

कलाखबर संवाददाता,२९,भाद्र—काठमाण्डौं । साहित्य जगतमा कलम चलाएर अमूल्य योगदान दिएबापत पाँच स्रष्टालाई सम्मान गरिएको छ । शनिबार हार्दिक होटलमा आयोजित कार्यक्रममा नेपाली  वाङमय परिषद ,नेपाली प्रतिभा प्रतिष्ठान, र जसराज किराँती प्रतिष्ठानले पाँच स्रष्टालाई सम्मान गरिएको हो । माला, खदा ,दोसल्ला र ताम्रा पत्र समेत वितरण गरि विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा बैराँगी काइँला,तुलसी दिवस,मञ्जल, जसराज किराँती, र तोया गुरुङ सम्मानित भएका थिए । सम्मानित सबै...

बलात्कार्जन्य घटना अझै कम भएन : नातिनीको प्रतिकारमा हजुरबुवाको ज्यान गयो

कलाखबर सम्बाददाता, २९ भाद्र, काठमाडौँ ।  बलात्कार गर्न खोजेको भन्दै १३ बर्षीय बालिकाले नाताले हजुरबुवा पर्ने एक बृद्दको हत्या गरेकी छिन् । रामेछाप नगरपालिकाका वडा न. ७ रजरगाउका उक्त बालिकाले ६५ बर्षीय पूर्णबहादुर श्रेष्ठको हत्या गरेकी हुन् र घटना लगत्तै उनले प्रहरीसामु आत्मसंमर्पण गरेकी छिन् । बिहान नजिकैको बारीमा घास काट्न जाने बेलामा श्रेष्ठले शरीरको पछाडिबाट तानेर बलात्कार गर्न खोजेको उनको बयान छ । त्यहाबाट फुत्कियर भागी उनले फलामको...

अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिदै

  कलाखबर संवाददाता,२८,भाद्र—काठमाडौं । विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो ।  कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन् । जसमा ३ दशकदेखि निरन्तर नेपाली चलचित्र बृत्तमा क्रियाशिल अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ र डेढ...

अर्काको एटिएमबाट १४ लाख चोरेर क्यासिनोको बास, ३ जना भारतीय ठमेलबाट समातिए

  काठमाडौँ । दुई दिनअघि काठमाडौं प्रहरीलाई यस्तो सूचना आयो, ‘अर्काको डाटा प्रयोग गरेर विभिन्न बैंकको एटिएमबाट पैसा निकाल्ने गिरोह काठमाडौँको ठमेलमा सक्रिय छ ।’ आर्थिक अपराधसँग सम्बन्धित महत्वपूर्ण सुचना पाउनासाथ महानगरीय प्रहरी परिसर काठमाडौँका सुरक्षा अधिकारीहरु सूचना फलो गर्न थाले । अन्ततः दुई दिनको मेहनतपछि ठमेलस्थित एक होटलबाट एटिएम फ्रड गर्ने कार्यमा संलग्न तीन भारतिय नागरिकसहित चार जना पक्राउ परेका छन् । एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु...

आज बुवाको मुख हेर्ने दिन गोकर्णमा यस्तो भीड देखियो ।

  कलाखबर संवाददाता,२४,भाद्र— काठमाण्डौं । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासमा देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका...

दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिसको आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति दिने

  कलाखबर संवाददाता,२३,भदौ,काठमाण्डौ । दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिस र न्यू नेपाल कम्निष्ट सर्भिसको संयुक्त आयोजनामा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहित दुवै मृगौला पीडित टेक नाथ राई बचाऊ अभियान स्वरुप यो कार्यक्रम गर्न लागीएको हो । भोजपुर जिल्ला निवासी ३० वर्षीय टेकनाथ राई विगत ६ महिनादेखि ओछयानमा छन् । धरानको वि.पी. कोईराला हस्पिटले उपचार गर्न नसकेपछि राजधानीको मानव अङ्ग प्रत्यारोपन हस्पिटलमा...

निर्मला पन्तको आमाबाबुलाई धैर्य गर्न आईजिपी खनालको आग्रह

कलाखबर संवाददाता,२२,काठमान्डांै । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारालाई पत्ता लगाई छाड्ने बताएका छन् । निर्मला पन्तको घरमा नै पुगेर उनका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाएका हुन् । ुअपराधी पक्राउ गर्न समय लाग्छ, धैर्य गर्नुस् ु खनालले पन्तका आमाबाबुसँग भने। घटनाको अनुसन्धान गर्न एसएसपीको टोली खटिएको भन्दै नेपाल प्रहरीमाथि विश्वास राख्न खनालले आग्रह गरेका छन् । अनुसन्धानमा त्रुटि नहुने गरी...

राष्ट्रीय कलाकार, पत्रकार र अरबपतिको अगाडी तीन सयमा सञ्जेलले गरे विहे

कलाखबर संवाददाता,१८,भदौ—काठमाण्डौं । समता शिक्षा फाउन्डेसनका सञ्चालक तथा शिक्षा अभियन्ता उत्तम सञ्जेलले तीन सयमा बिहे गरेका छन्। अर्बपति उपेन्द्र महतोसमेतलाई साक्षी राखेर उनले सोमबार गुहेश्वरी मन्दिर परिसरमा बिहे गरेका हुन्। उपेन्द्र महतो नेपालका सबैभन्दा धनी मध्ये पर्ने एक अर्बपति हुन्। अर्बपति महतोले लामो समयदेखि समता शिक्षा फाउन्डेसनलाई सहयोग गर्दै आएका छन्। सञ्जेलको बिहेमा जम्मा १० जना जन्ती थिए। हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, सीताराम कट्टेल, पत्रकारहरू...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...