Logo

‘गुनगुन’को ‘किस मिस’ गीतमा चन्दाको हट आइटम


कलाखवर सम्वाददाता, श्रावण २४ – अभिनयको चर्चापछि निर्देशनमा होमिएका कलाकार पुकार भट्टराईको डेब्यु चलचित्र ‘गुनगुन’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण समेत उनकै रहेको चलचित्रको आइट गीत ‘किस मिस’ सार्वजनिक गरिएको छ ।

प्रचारको थालनी गर्न सार्वजनिक गरिएको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छन् । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । चलचित्रको कथालाई नै अगाडि बढाउने भएकोले गीत महत्वपूर्ण भएको निर्माता निर्देशक भट्टराइले बताए ।

३० कार्तिक रिलिज हुने बताइएको चलचित्र प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको हो । सञ्चिता लुइँटेल्, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय चलचित्रमा समेटिएको छ ।हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको चलचित्र उपत्यका बाहिर आर.आर फिल्मस् र उपत्यकाभित्र सुनिल मानन्धरले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्