Logo

चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक, भिडियोमा यस्तो देखियो ।


कलाखबर संवाददाता,२२,भदौं– काठमाडौं । अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीवार राजधानीको कमलपोअरी स्थित कुमारी हलमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

कमेडी संवादले प्रथामिकता पाएको ट्रेलरमा प्रेम, द्वन्द्व, हाँसो, रोदन लगायत सबै विषय समेटिएको छ ।

चलचित्र भित्रका कुरा ट्रेलरमा समेटिएको निर्देशक शर्माले कार्यक्रममा जानकारी दिए । उनले चलचित्र ‘मनोरञ्जनको फुल डोज’ समेत बताए ।

दशैंको फूलपातीमा प्रदर्शनमा आउँने बताइएको चलचित्र अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

खगेन्द्रको अलवा सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतका कलाकारको अभिनय रहेको चलचित्र १ करोड ६० लाखमा निर्माण भएको बताइन्छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्