Logo

चितवन ३ को ताजा परिणाम स् अन्तर फराकिलो बन्दै ,कसको मत कति रुकंचनपुर बीनाको फराकिलो अन्तर


काठमाडौं । पछिल्लो मत अनुसार प्रचण्डको ५ हजार ३ सय ४४ मत रहेको छ भने पाण्डेको ३ हजार १ सय ६८ मत रहेको छ । कुल ९३ हजार ८ सय २३ मत खसेकोमा अहिले ६ हजार ८ सय १५ मत गनिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले पाण्डेसँगको मतान्तर निरन्तर बढाउँदै मतान्तर दोब्बर बनाउँदै हुनुहुन्छ ।

चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कञ्चनपुर १ बाट उम्मेदवार माओवादी नेतृ तथा प्रचण्डकी बुहारी बिना मगर दोब्बर मतान्तरले अगाडि रहेका छन् ।

प्रदेश नम्बर ३ को चितवन अर्थात गृह जिल्लाबाट चुनावी मैदानमा उत्रिनुभएका प्रचण्ड र प्रदेश नम्बर ७ को कञ्चनपुरबाट चुनावी मैदानमा उत्रिनुभएकी प्रचण्ड पुत्र प्रकाश पत्नी बिना दुबैले आफ्ना प्रत्यासीलाई दोब्बर मतले पछाडि पार्दै अग्रता कायम गरेका हुन् । कञ्चनपुर १ बाट माओवादी उम्मेदवार बिनाको मत ६ हजार ५२ मत रहेको छ ।

दैनिक पानाबाट साभार

प्रतिक्रिया दिनुहोस्