Logo

चुनाबको नजिकिदो माहोवलसँगै फेरि धादिङमा बम विष्फोट


धादिङ–३,मंसिर कलाखबर संवाददाता । अज धादिङको थाक्क्रे गाउँ पालिका वडा नं ५ मा अज्ञात समुहले बम विष्फोट गराएको छ । बाम गठबन्धनले आयोजना गरेको चुनाब विशेष सभालाई लक्षित गरि सो वम विष्फोट गराईको हो । कसले घटना घटाएको हो भन्ने कुरा प्रस्त खुल्न नआएको थाक्क्रे गाउँ पालिका वडा अध्यक्ष रजनी लामाले कलाखरलाई बताईन् ।

लस्करै तीन वटा गाडी राखिएको र त्यसको नजिकै विद्युतीय एमबुस विष्फेट भए पनि साधन तथा मानवीय क्षेति भने कुनै नभएको पनि उहाले जानकारी दिनु भएको छ । क्षेत्र नं बाट प्रतिनिधि सभा उमेदवार भुमि त्रिपाठी, थाक्रे गाउँ पालिका आध्यक्ष, राम कुमार आचार्य, उपाध्यक्ष रुपाखेती लगायतले कार्यक्रमलाई सम्बोधन गर्ने तयार गरिएको थियो ।

घटनालगतै खैलाबैला भएपछि तीन घण्टाको छोटो समयमा नै कार्यक्रमलाई समापन गरिएको छ । कस्ले घटना घटना घटाएको हो भन्ने विषयमा तीव्र रुपमा प्रहरी अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्