Logo

दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिसको आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति दिने


 

कलाखबर संवाददाता,२३,भदौ,काठमाण्डौ । दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिस र न्यू नेपाल कम्निष्ट सर्भिसको संयुक्त आयोजनामा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहित दुवै मृगौला पीडित टेक नाथ राई बचाऊ अभियान स्वरुप यो कार्यक्रम गर्न लागीएको हो ।

भोजपुर जिल्ला निवासी ३० वर्षीय टेकनाथ राई विगत ६ महिनादेखि ओछयानमा छन् । धरानको वि.पी. कोईराला हस्पिटले उपचार गर्न नसकेपछि राजधानीको मानव अङ्ग प्रत्यारोपन हस्पिटलमा रिफर भएका राईलाई पचास लाखको आवश्यकता परेको छ ।

विकट जिल्ला तथा सामान्य परिवारमा जन्मेका राईको आर्थिक अवस्था निकै कम्जोर भएको कारण पचास लाख नगद जम्मा गर्न गाह्रो भएको छ । यो अवस्था देखेर दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिस का प्रवन्ध निर्देशक सुमन मगर र कार्यक्रम संयोजक भीम राईको पहलमा सहयोगार्थ स्वरुप यो कार्यक्रम गर्न लागीएको हो ।

उहाँहरु दुवैजना राष्ट्रिय कलाकार तथा समाजसेवी हुन् । अघिल्लो महिना पनि उहाँहरु दुवैजनाले पीडित राईलाइ रु पचास हजार हस्तान्तरण गरिसकेका छन् । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहित सहयोगको लागी रु १००, ३००, ५०० र रु १००० सम्मको टिकटको समेत व्यावस्था गरिएको छ ।

टिकट

कार्यक्रमका मुख्य आकर्षणहरु गायन, नृत्य, प्रहसन, अभिनय, गजल वाचन जस्ता रहने भएको छ । कलाकारहरु गायन तर्फ स्वरस्वती लामा, विनिता राई,भीम राई,एल्बी पुन मगर, सुहाङ लिम्बु, ,सुस्मिता राई तथा पछिल्लो समय निकै चर्चा कमाउन सफल वाल गायक .मनिष लिम्बु आदी रहेका छन् ।

हाँस्यकलाकार तर्फ सुले मान शंकर इकु, सुमन मगर, तथा पछिल्लो समय हाँस्यकलाकार भएर आम दर्शकको मन जित्न सफल मन कुमार राई कुल्फी समेत रहेका छन् । मित्र कला राई र निशिका कुलुङले रोचक नृत्य प्रस्तुत गर्ने भएका छन् । न्यू नेपाल कम्निष्ट सर्भिसका सञ्चालिका गोमा मैनालीले गजल वाचन गर्ने छिन् । चलचित्र क्षेत्रबाट सौगात मल्ल र प्रियिङका कार्की समेतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्