Logo

देउसी भैलोबाट संकलीत रकम रु तीन लाख न्यू चिल्डे«न होमलाई सहयोग ।


१२ कातिक, काठमान्डौ, कलाखबर संवाददाता । राष्ट्रिय कलाकार टोलीहरुद्वारा देउसी भैलोबाट संकलीत रकम रु तीन लाख न्यू चिल्डे«न होमलाई सहयोग गर्ने भएको छ । तिहारको अवसर पारी राजधानीका विभिन्न ठाँउमा देउसी भैलोबाट संकलीत रकम अनाथ वालवालिका हरुको खानापान तथा लत्ता कपडाको लागी खर्च गरिने संस्थाका अध्यक्ष विक्रम ढुङगानाले बताउनु भएको छ ।

मुनलाईट फिल्मस प्रा.ली., त्रियुगा फिल्मस प्रा.ली. तथा कला संगम मल्टि मिडिया प्रा.ली. को संयुक्त प्रस्तुतिमा आयोजित देउसी भैलोबाट संकलीत रकमले अनाथ वालगृहलाई केही राहत पुग्ने संस्थाका महा सचिप नायक युबिन ढुङगानाले बताउनु भयो । यो भन्दा अगाडी पनि आफनो व्यक्तिगत तर्फबाट रु एक लाख सहोग गरि सकेको र यस पाली सामुहिक रुपमा सहयोग गर्न पाउदा निकै खुशी लागेको उहाँले बताउनु भयो ।

समाज सेवी विक्रम ढुङगानाको अगुवाइ र नेतृत्वमा स्थापीत यस संस्थामा ३५ जना अनाथ वालबच्चा रहेका छन् । ति सबै वालबच्चाहरुको गास, बास, कपास तथा शिक्षा सबैको जिम्मेवारी ढुङगानाको काखमा नै रहेको छ । विभिन्न व्यक्ति, संस्था तथा स्रोत दाताहरुबाट केही सहयोग रकम जुटाउदै खर्च धान्ने गरेको ढुङगानाको भाइ छ ।

यस्ता पिडीत वालवालिका तथा संस्थालाई सहयोग गर्न पाउदा निकै खुशी लागेको मुनलाईटस फिल्म प्रा. ली.का डाईरेक्टर आशिक राईले बताउनु भयो । साथै बाँकी बचेको रकमबाट सबै आफ्ना कलाकारहरुलाई पिकनिकको. आयोजना गरि मनोरञ्जन गराउने समेत उहाँले बताउनु भयो ।

यस पालीको कार्यक्रमलाई भब्य र सभ्य बनाउन सबै कलाकारहरुले खेलेको अग्रनी भूमिकाको कदर गर्दै, कलाकार नबिन बुढाथोकीले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । साथै आगामी पिकनिकको लागी नबिन बुढाथोकी र नायक युबिन ढुङगानाले आफ्नो तर्फबाट रु २०,००० ,२०,००० आर्थिक सहयोग गर्ने समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्