Logo

धेरै जनाको माया झालमा फसेकी छु ः गायिका लक्ष्मी


३१,आश्मिन काठमाण्डौ, राजकुमार राई । गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत ‘मस्त जवानी।।’ र ‘भिटामिन।।’ अहिले दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ । गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्रायः गीतको भिडियोमा आफै मोडलिङ गर्ने गरेकी छन् ।

मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी छन् । दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम समेत श्रोतालाई दिएकी छन् ।

‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’ उनका दोही गीतका भाका हुन् ।

सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन् । आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आचार्य स्टेज कार्यक्रममका लागि डान्सिङ बिटको गीत अनिवार्य रहेको बताउँछिन् ।

मेकअपमा कतिको रुचि छ ?

राम्री हुन कस्लाई मन पर्दैन होला र ?  मेरो पनि मेकअपतिर धेरै रुचि छ । म मेकअप पनि ड्रेसअप अनुसारको गर्न रुचाउँछु । म बाहिर कार्यक्रमको लागि निस्कनु पर्दा आधा घन्टा जति मेकअपमानै लाग्ने गरेको छ ।

भनेपछि फेसन प्रति लगाव त पक्कै होला ?
– अहिलेको जेनेरेसनले फेसनमा चासो पनि दिनुपर्छ । मलाई आफूलाई हट एबं सेक्सी देखिने खालको छोटो पहिरन मनपर्छ । यस्ता पहिरन नै बढि प्रयोग गर्ने गरेकी छु ।

कस्तो खालकी केटी तपाई  ?
– मेरो स्वभाव चन्चले छ । यस्तो स्वभावले गर्दा धेरैले बच्चा जस्तै छस् त समेत भन्ने गरेका छन् ।

कस्तो केटा मन पर्दैन  ?
– झुटो बोल्ने, अरुलाई डोमिनेट गर्ने, ठूलो पल्टिने खालको केटा पटक्कै मन पर्दैन ।

प्रेम त पक्कै परेको होला  ?
– छैन नि । जीवनसाथीको रुपमा गरिने प्रेम कसैसँग गरेकी छैन । मन मिल्ने भेटेकी पनि छैन । अहिले करियर निर्माणको दौडमा छु । त्यसैले प्रेममा अल्झिन पनि चाँहन्न । म कलाकार हुँ । कलाकारले दर्शकसँग गर्ने माया धेरैसँग गाँसेकी छु ।

पहिलो प्रेमपत्र कसले दिएको थियो  ?
– एक डाक्टरले दिएका थिए । उहाँ अहिले अमेरिकामा हुनुहन्छ । उहाँको प्रेमतिर मैले ध्यान दिइन । अहिले पनि धेरै थरिका प्रेमपत्र आउने गरेका छन् । त्यसरी पत्रमा आएका प्रेम, प्रेम नभएर म प्रतिको आकर्षण मात्र हो भन्ने मेरो बुझाइ छ ।

जीवनका भुल्न नसक्ने घटना पनि होलान् नि  ?
– केही पहिले एक स्टेज कार्यक्रममा गीत गाउँदै थिए । दर्शकले मेरो गीत सुनेर नाच्दै टिसर्ट, घडी खोलेर म तिर फाक्नु भयो । मोवाइल समेत म तिर फाक्दै मैले गायको गीतमै मख्ख परेर नाच्न थाल्नुभयो । यो घटना म कहिलै बिर्सन सक्दिन । यो घटना अहिले पनि सम्झना आइरहन्छ ।

डेटिङको अफर कतिको आउँछ  ?
थुप्रै आउँछन् । जसले अफर गर्यो । त्यहिसँग डेटिङ जाने गरेकी छ्रैन । मनले खाने भेटे भने जान्छु ।

कसैलाई चड्कन हान्नु भएको छ   ?
– एक पटक बाटोमा एक्लै हिँडिरहेको थिए । केही केटाहरुले जे पायो त्यही बोल्दै जिस्काए । केही समय त चुप लागेर हिँडे । तर जिस्काउँदै फलो गरेपछि एक केटाको गालामा दुई चड्कन हाने ।

कुन हिरो मनपर्छ र किन  ?
आयर्न सिग्देल मनपर्छ । किनभने उहाँको अभिनय, हाउभाउ सबै राम्रो लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्