Logo

चलचित्र ‘हैरान’को फस्टलुक सार्वजनिक


कलाखवर संवादाता,चैत २४ – विश्वकै कान्छा निर्देशक सौगात बिष्ट निर्देशित चलचित्र ‘हैरान’को फस्टलुक सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ कलाकार सरोज खनाल र चलचित्रका युनिट लगायतले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरे । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै सुरु गरिएको कार्यक्रममा चलचित्रका कलाकार सरोज खनालसँगै सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल‘बले’, निश्मा घिमिरे, निर्मल शर्मा , आरोही शर्मा, लगायतको सहभागतिा रहेको थियो ।

कमेडी जनरमा तयार पारिएको चलचित्रमा चलचित्रमा बुद्धि तामाङ, वसिम राजाको पनि अभिनय रहेको छ । चलचित्रको लेख्न सँगै कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एललामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छन् । गम्भीर बिस्टको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द, सत्यराज स्वरूपराज, किरण कडेल, राजनइशान र सन्तोष श्रेष्ठको संगीत रहेको चलचित्रमा छ ।

प्रतिक्रिया दिनुहोस्