Logo

गायीका रिना राई र लिला राई एकै साथ मिडियामा,यी जोडी भन्छन् ः गीत संगीत सुःख र दुःख बिसाउने चौतारी हो ।



कलाखबर संवाददाता,७,मंसिर–काठमाण्डौं । लामो समयदेखि गीत संगीत क्षेत्रमा रमाउदै आएका लोक प्रीय गायीका रिना राई र लिला राई बुधार एकै साथ मिडियामा आएका छन् । एकै सारथी भएर सँगै यात्रा गरेका यी जोडी बुधबार एकै साथ मिडियामा आएका हुन् । मिलनसार कोमल स्वभावका यी जोडी सबै आम दर्शक स्रोताले अत्याधिक मात्रमा रुचाएका चर्चित जोडी हुन् ।

लोक आधुनिक गीत गाएर यी जोडीले लाखौं दर्शक स्रोताको मनलाई जिताई सकेका छन् । अन्र्तवार्तामा यी जोडीले निकै रमाईला र दर्शकले रुचाएका मीठा मीठा गीत सुनाएका थिए । गायीका लिला राईलाई धरान धनकुटा भेडीटार गीतले चर्चाको शिखरमा पु¥याएका थिए भने गायीका रिना राईलाई हामी त हजुर पूर्वको वासिन्दा गीतले दर्शक स्रोता माझमा चिनाउदै आएका छन् ।

गायीका लिला राईको धरान धनकुटा भेडीटार गीत अहिले पनि युवा ठिटादेखि बुढापाखा सम्मको जिब्रोमा झुण्डीने गर्छन् । हरेक युवापाखाहरुले विभिन्न मेला पात हात बजार र महोत्सवहरुमा यो गीत नगाइ छोड्दैनन् । गायीका रिना राईको हामी त हजुर पूर्वको बासिन्दा,मन दख्छ नी हौ आफनैले नचिन्दा बोल्को गीत पनि उत्तिकै बजारमा चर्चा छ । यो गीतले राम्रैसँग गायीका रिना राई भनेर बजारमा चिनाएको छ ।

गीत संगीत जीवनका दुःख र सुःख बिसाउने एउटा शितल चौतारी हो भनेर यी जोडीले एउटै शब्दमा परिभाषा दिएका छन् । भोजपुर जिल्लामा जन्मेर राजधानी काठमाण्डौंलाई आफ्नो सांगीतिक कर्मथलो बनाएकी गायीका लिला राईले सयौं गीतमा स्वर लहरी भरिसकेका छन् । गायीका राईको सबै गीत उत्तिकै दर्शकको रोजाईमा परेका छन् । शान्त र शालिन स्वभाव तथा मिलनसार गायीका राई आफ्नो वाल्यकालमा निकै चुलबुली भएको बताउछिन् ।

ईलाम झापामा जन्मेर सुनसरीलाई आफ्नो कर्मथलो बनाएकी गायीका रिना राई भने केही समय मिडियामा हराएका थिए । आफ्नो घरायसी र परिवारिक समस्याले केही समय गीत संगीत र मिडियाबाट ओझेल भएकी गायीका रिना राई अब भने निरञ्तर फेरि नयाँ जोस जाँगरका साथ आफ्नो दर्शक स्रोता माझमा आउने बताछिन् ।

समय अनुकुल नमिल्नु र जोसँग काम ग¥यो उसले राम्रो साथ नदिएकोले गाई सकेको गीत पनि बजारमा ल्याउन नसकेको उनले बताइन् । झुल्के घामसँगै, भावीले लेखेको,बगी रहने पानी,पूर्वको बासिन्दा जस्ता थुप्रै गीत गायीका राईको चर्चित गीतहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्